Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण

2025 May 14 4:46 PM 95

विज्ञापन

Birat Cancer Hospital
सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण
विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रियाको क्रममा खोटाङ पुग्नु भएका बस्नेतले जिल्लामा उपलब्ध खेलक्षेत्र, निजी क्षेत्रमा आवद्ध व्यक्तिहरुसँग अन्तरक्रिया समेत गर्नुभएको हो। खोटाङ जिल्ला भ्रमणको क्रममा सदस्य सचिव बस्नेतले जिल्ला खेलकुद विकास समितिको कार्यालय तथा खोटाङ बहुउद्देश्यीय कभर्डहल लगायतको संरचनाको अनुगमन तथा निरीक्षण गर्नु खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले जानकारी दिनु भयो। त्यस्तै, अन्तरक्रियाको क्रममा जिल्ला विकास खेलकुद समिति खोटाङका अध्यक्ष महेश राईले जिल्लामा रहेको कभर्डहलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथिमिकतामा राख्न बोर्डसँग आग्रह गर्नुभएको थियो।  सदस्य सचिव बस्नेतले अन्तरक्रियाको क्रममा प्रदेश भरिबाटै खेलकुद संरचनाको निर्माण र सुधारका लागि बजेट माग आएकोले खेलकुद क्षेत्रलाई हालको सीमित बजेट भन्दा थप बजेट मागको लागि मुख्यमन्त्री , आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीसँग पहल गरिरहेको बताउनु भएको थियो। उहाँले खेलकुद क्षेत्रको विकास राज्यको लगानीले मात्रै पर्याप्त नहुने बताउँदै निजी क्षेत्रको समेत साथ(सहयोगको अपेक्षा बोर्डले गरेको धारणा समेत व्यक्त गर्नुभएको थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला