Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एभरेष्ट सेकेण्डरी स्कुलको  सेढाईं र पघैया बने एभरेष्ट प्रिफेक्ट

2025 May 14 4:51 PM 47

विज्ञापन

Birat Cancer Hospital
एभरेष्ट सेकेण्डरी स्कुलको  सेढाईं र पघैया बने एभरेष्ट प्रिफेक्ट
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको ‘प्रिफेक्ट’ पदमा माध्यमिक तहमा कक्षा १० का अनिरुद्ध सेढाईं र आधारभूत तहमा शिवम् पघैया निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार माध्यामिक तहमा १६७ मतका साथ सेढाई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिष्पर्धि कक्षा ९ का चुणामणी भट्टले ९९ मत प्राप्त गर्नुभयो । उक्त पदमा चार जनाको उम्मेदवारी थियो । कक्षा १० का समिप खनाल र कक्षा १० कै जेसिस गेलाल समेत उम्मेदवार हुनुहुन्थ्यो । उहाँहरुले क्रमश ७० र ११ मत प्राप्त गर्नुभयो । यस्तै माध्यामिक  तहको डेपुटी प्रिफेक्टमा कक्षा १० की मनस्वी कोइराला १७९ मतले विजयी हुँदा उहाँकी निकटतम् प्रतिष्पर्धी कक्षा १० कै चारुना रौनियारले ७० मत प्राप्त गर्नुभयो । यस्तै अन्य प्रतिष्पर्धि कक्षा १० की अन्मेशा श्रेष्ठले ७० र कक्षा ९ की एकता कुशवाहले १४ मत प्राप्त गर्नुभयो । दुवै पदका लागि चार–चार जनाको उम्मेदवारी परेको थियो । माध्यमिक तहमा ४०० जना मतदाता रहेकोमा ३५५ जनाले मतदान गरेका थिए । जसमध्ये ९ जनाको मतपत्र बदर भएको थियो भने ५ जनाले मतपत्रमा भोट नलगाएको प्रमुख निर्वाचन आयुक्त रहनुभएका भाईस प्रिन्सिपल टीएन भण्डारीले बताउनुभयो । यस्तै प्राथमिक तहको प्रिफेक्टमा कक्षा ८ का शिवम् पघैयाले ३५२  मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिष्पर्धि कक्षा–७ का क्रियंश लाभले ६२ मत र कक्षा ७ कै मयङ्क झाले ५० मत ल्याउनुभयो । आधारभूत तहकै डेपुटी प्रिफेक्टमा भने कक्षा ८ की सृष्टि रिजाल निर्विरोध निर्वाचित हुनुभएको एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा ढङ्गोलले बताउनुभयो । आधारभूत तहमा भने कक्षा ६ देखि ८ का विद्यार्थीले मात्र मतदान गरेका थिए । ति कक्षाबाट मात्र ३५५ मत खसेको थियो । जसमा ९ मत बदर हुँदा ५ जनाले मतपत्रमा भोट नगरेको आधारभूत तहका प्रमुख निर्वाचन आयुक्त कुन्दन पुरीले बताउनुभयो । एभरेष्टले विद्यार्थीहरुलाई लोकतान्त्रिक पद्दत्ति कस्तो हुन्छ भन्ने सिकाउँदै यहाँका जनप्रतिनिति चयन र उनीहरुको उत्तरदायित्व बोध गराउन मतदान प्रकृया अवलम्बन गरिएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । यस्तै नव निर्वाचित प्रिफेक्ट सेढाईंले यो निर्वाचन प्रकृयाले आफूहरुलाई धैरै ज्ञान दिएको र नेतृत्व विकास समेत गराएको बताउनुभयो । यस्तै अर्की डेपुटी प्रिफेक्टकी उम्मेदवार अन्मेशाले समेत नेतृत्व विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो