Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विद्यार्थीको सर्वाङ्गिण विकासका लागि एभरेष्टमा अभिभावक शिक्षाः अभिभावक भन्छन्,‘धेरै कुरा सिकियो’

2025 Jun 3 1:54 PM 40

विज्ञापन

Birat Cancer Hospital
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि एभरेष्टमा अभिभावक शिक्षाः अभिभावक भन्छन्,‘धेरै कुरा सिकियो’
विराटनगर । ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ । विद्यालयमा जति सुकै राम्रो वातावरण भएपनि अभिभावकले पनि धेरै कुरा जान्नुपर्ने रैछ । झट्ट हेर्दा सामान्य लाग्ने तर त्यसको प्रभाव ठूलो पर्दो रहेछ । धेरै कुरा सिक्न पाइयो ।’ विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुुलले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रममा सहभागि अभिभावक विशाल श्रेष्ठले भन्नुभयो । नर्सरीमा छोरा र कक्षा ५ मा छोरी पढ्दै गरेको बताउनुभएका उहाँले छोराछोरीलाई गलत नगरुन भनेर हप्काउँदा बालमस्तिष्कमा पर्ने असर, मोबाइल र टिभी देखाएर अल्मल्याउदाका नतिजाहरुको बारेमा समेत बुझिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘थाहा नपाई हामीले धेरै गलत अभ्यास गरिरहेका छौं भन्ने बुझ्ने अवसर भयो ।’ यस्तै कक्षा १ मा अध्ययनरत विद्यार्थी रेयांश भण्डारीका बुवा होमनाथ भण्डारीले समेत उत्साही हुँदै भन्नुभयो,‘एकदमै फलदायी कार्यक्रम, यस्तो कार्यक्रम हरेक वर्ष हुनुपर्छ, त्यसले विद्यालय र अभिभावकले बालबालिकासँग गर्ने व्यवहारमा एकरुपता ल्याउने रैछ ।’ स्कुलमा उनीहरु माथि गरिने व्यवहार र घरको व्यवहार एकै किसिमको हुन आवश्यक रहेछ भन्दै उहाँले बालबालिकालाई गर्ने ‘ट्रिट’ र उनीहरुलाई गर्ने मोटिभेसनका तरिकाहरु धेरै सिक्ने अवसर प्राप्त भयो । यस्तै अभिभावक बब्लु सहनीले पनि कार्यक्रमले धेरै सचेत गराएको बताउनुभयो । बालबालिकाको अगाडी अभिभावकले गर्ने डिस्कसले पार्ने असर, बालबालिकाका हरेक माग पुरा गर्दा पर्न सक्ने प्रभाव , उनीहरुलाई डोमिनेट गर्दा हुने सम्भावनाहरुको बारेमा धेरै जानकारी पाइएको बताउनुभयो । अभिभावक शिक्षाको कार्यक्रम पहिलो चरणमा कक्षा नर्सरीदेखि ६ सम्मका अभिभावकलाई दुई दिन सम्म सञ्चालन भएको हो । भाइस प्रिन्सिपल कुन्दन पुरीले यस माथिका कक्षाका अभिभावकहरुलाई पनि चाँडै सञ्चालन गरिने बताउनुभयो । एभरेष्ट स्कुलको सभाहलमा सञ्चालन भएको अभिभावक शिक्षालाई उत्प्रेरक प्रितम पौडेलले सहजिकरण गर्नुभएको थियो । उहाँले बालमस्तिष्कमा पर्ने प्रभाव, अभिभावकहरुले निर्वाह गर्नुपर्ने भूमिका, बालबालिकासँग गर्ने व्यवहार तथा पारिवारिक वातावरणका विषयमा अभिभावकहरुलाई जानकारी गराउनुभएको थियो । अन्तरक्रियात्मक रुपमा सञ्चालित कार्यक्रममा अभिभावकहरुले आफूहरुले गरिरहेको व्यवहार र स्कुलमा चाहेको वातावरणलगायतका विषयमा खुलेर चर्चा गर्नुभयो । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अभिभावक शिक्षा अपरिहार्य रहेको महशुष गरेर हरेक वर्ष सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरण बनाउँदै लगेका छौं, तर घरमा अभिभावकहरुले पनि सोहि अनुसारको वातावरण नबनाउँदा अपेक्षाकृत सुधार नहुने भएकाले अभिभावक शिक्षा सञ्चालन गरिएको हो ।’ उहाँले हरेक अभिभावकले आफ्ना बालबालिकाको मनोभाव अनुसारको वातावरण बनाएर उत्प्रेरणा जगाउन आवश्यक रहेको समेत बताउनुभयो । अभिभावक शिक्षा सञ्चालन गरेपछि धेरै अभिभावकहरुले ‘गुड प्यारेन्टिङ’ गर्न थाल्नुभएको छ, त्यसको प्रभाव बालबालिकामा पर्न थालेको छ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो