Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पथरी शनिश्चरेमा शिक्षक माथी राजनितीको हवला दिदै बुद्ध माध्यामिक बिद्यालयले ३ शिक्षक निकाल्यो

2025 Jul 18 9:05 AM 40

विज्ञापन

Biratkhavar
पथरी शनिश्चरेमा शिक्षक माथी राजनितीको हवला दिदै बुद्ध माध्यामिक बिद्यालयले ३ शिक्षक निकाल्यो
पथरी  /
वडाको दवावका कारण ३ जना सामुदायीक विद्यालयका शिक्षकले जागिर छोडेका छन । शिक्षक माथी राजनितीहुन थाले पछि दुई शिक्षकले राजिनामा दिएका छन भने एक शिक्षकलाई विद्यालयले हटाएको छ । गणतन्त्र पछि गाँउ गाँउमा आएको सिंहदरवारका ५ बर्षे राजाले राजतन्त्रको झल्को दिएको स्थानीयले महसुस गर्न थालेका छन ।   वडा र ब्यावस्थापन समितिले विनाकारण काम गरिरहेका शिक्षकलाई निकालेर नयाँ शिक्षक भर्ति गर्न लगेको हो । वडा कार्यलय र ब्यावस्थापन समिति र विद्यालयको यो हर्कतले जग हसाएको छ । शैक्षिक सत्रको विचमा शिक्षक निकाल्नु र नयाँ शिक्षक हाल्न खोज्ने कार्यप्रति अभिभावकले समेत वडा कार्यलय र ब्यावस्थापन समिति र विद्यालय माथी शंका गर्न थालेको छन । सबैको मिलेमहत्वमा आफ्ना मान्छे नियुत्ती गर्न खोजेको हो की भन्ने बसैले शंका गर्न थालेका छन । यो सबै प्रकृया मात्र दुई दिन भित्र गरेको देखिन्छ । विद्यालयमा कार्यरत शिक्षकहरुलाई निकालेर सोहि दिन विद्यालयले नयाँ शिक्षक आवश्यकता सुचना समेत जारि गरेको छ । घटना मोरङको पथरी शनिश्चरे वडा नं. ८ मा रहेको बुद्ध माविमा कार्यरत सर्मिला गौतम, मनिशा बानिया र रस्मिका नेम्बाङ शिक्षकहरुको हो । शिक्षक सर्मिला गौतमलाई विद्यालयले हटाएको हो भने मनिशा बानिया र रस्मिका नेम्बाङलाई राजिनामा दिन बाध्य बनाएको हो । उनिहरुले निजी विद्यालयमा छोराछोरी पढाएको भन्दै उनिहरुलाई पथरी शनिश्चरे वडा नं. ८ र विद्यालयले राजिनामा दिन बाध्य बनाएको बताएका छन । विना कारण शिक्षक हटाउदा समेत महिनै शिक्षक आन्दोलनमा काठमाडौ धाएका शिक्षक संगठन यो विषयमा मैन रहेको देखिन्छ । वडा कार्यलयले वडा भित्रका सामुदायीक विद्यालयमा करारमा कार्यरत शिक्षकले आफ्ना बच्चाहरु अनिवार्य सामुदायीक विद्यालयमा लगाउन बाध्य गरेपछि जागिर छोड्न बाध्य भएको शिक्षकहरुको भनाई छ । शिक्षक सर्मिला गौतमलाई असार ३१ गते अस्थायी करार थप नगर्ने भन्दै हटाएको छ भने सोहि दिन विद्यालयले शिक्षक आवश्यकता सुचना जारि गरेको छ । शिक्षक मनिशा बानिया र रस्मिका नेम्बाङले भने विद्यालय र वडाको दैनिक टचरका कारण राजिनामा दिएको बताए । “हाम्रो छोरा छोरी निजी विद्यालयमा अध्यायन गरेको भरमा हामीलाई तनाव दिए पछि जागिर छोडेको” शिक्षक रस्मिका नेम्बाङले बताइन । यो सबै राजनीतीक खेल हो, आफ्ना मान्छे हाल्न हामी माथी राजनीती गरिएको हो, हामी एमाले भएर खुल्न सकेनौ शिक्षक मनिशा बानियाले भनिन् । परिवारका सदस्यले र बच्चाले मानुन्जेली हामीले हामी कार्यरत विद्यालयमा पढाएकै हो । अहिले पनि सानो नानी हामी संगै छ शिक्षक बानिया बताउछीन । उनिहरु भन्छन “वडाध्यक्ष नविन कार्की आए देखिनै हामीलाई हटाउन प्रयास भएको हो । हाम्रो शैक्षिक शिकाइमा कहि कम्जोरी नभेटे पछि छोरा छोरीको विषय ल्याएर हटाइएको हो रात दिनको तनाव लिएर विद्यालयमा पढाउन ग्राहो भएकाले जागिर छोडेका हौं” । बालबालिकाको पढाइमा बालबालिकाको मौलिक हक रहेको उच्च अदालतले फैसला गरेको छ । अदालतले बालबालिकाले कहाँ पढेने के पढ्ने, र कहाँ पायक पर्छ त्यो बाध्यकारी नहुने बताएको छ । सोहि विद्यालयमा कार्यरत अन्य शिक्षक र ब्यावस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधीकारीले भने आफ्ना नानीहरु निजी विद्यालयमा पढाउदै आएका छन । तर वडाकार्यलय र विद्यालय छानी छानी शिक्षक माथी राजनीतीक प्रहार सुरु गर्न थालेको छ । तिन शिक्षक बाहेक अन्य शिक्षकमा यो नियम लागु नहुदा वडाध्यक्ष, ब्यावस्थावन समिति, र प्रअले आफ्ना मान्छे नियुत्ती गर्न खोजेका हुनकी भन्ने स्थानीयले शंका गर्न थालेका छन । एक बर्ष अघि पथरी शनिश्चरेको एक विद्यालयले शिक्षक माथी आक्रमण गर्दा  एस ई ई को रिजल्ट खस्कीएको थियो । वडाध्यक्ष र विद्यालयको यो कार्यले शिक्षण शिकाईमा बालबालीकामा ठुलो असर पर्ने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत नविन खुल्ला बुढाथोकीले बताए । शैक्षिक सत्रको विचमा र अदालतले समेत निर्णय गरेको र विद्यार्थीको भविष्य जोडिएको विषयमा अहिले तत्काल यो कदम चाल्न नहुने बताउनु भयो । यता वडा नं. ८ का वडाध्यक्ष  थता नगर प्रबक्ता नविन कार्कीले भने वडाले तलव दिएका सबै विद्यालयलाई पत्र काटेको तर वडाले राजिनामा दिन बाध्य नबनाएको बताएका छन । यस्मा कुनै राजनिती नभएको र चाडै अन्य शिक्षक र समितिमा पनि यि विषय लागु हुने वडाध्यक्ष कार्कीले बताए । उत्त विषयमा विद्यालयका प्रअ बोधराज सिक्देल लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु