Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पथरी शनिश्चरेमा शिक्षक माथी राजनितीको हवला दिदै बुद्ध माध्यामिक बिद्यालयले ३ शिक्षक निकाल्यो

2025 Jul 18 9:05 AM 103

विज्ञापन

Birat Cancer Hospital
पथरी शनिश्चरेमा शिक्षक माथी राजनितीको हवला दिदै बुद्ध माध्यामिक बिद्यालयले ३ शिक्षक निकाल्यो
पथरी  /
वडाको दवावका कारण ३ जना सामुदायीक विद्यालयका शिक्षकले जागिर छोडेका छन । शिक्षक माथी राजनितीहुन थाले पछि दुई शिक्षकले राजिनामा दिएका छन भने एक शिक्षकलाई विद्यालयले हटाएको छ । गणतन्त्र पछि गाँउ गाँउमा आएको सिंहदरवारका ५ बर्षे राजाले राजतन्त्रको झल्को दिएको स्थानीयले महसुस गर्न थालेका छन ।   वडा र ब्यावस्थापन समितिले विनाकारण काम गरिरहेका शिक्षकलाई निकालेर नयाँ शिक्षक भर्ति गर्न लगेको हो । वडा कार्यलय र ब्यावस्थापन समिति र विद्यालयको यो हर्कतले जग हसाएको छ । शैक्षिक सत्रको विचमा शिक्षक निकाल्नु र नयाँ शिक्षक हाल्न खोज्ने कार्यप्रति अभिभावकले समेत वडा कार्यलय र ब्यावस्थापन समिति र विद्यालय माथी शंका गर्न थालेको छन । सबैको मिलेमहत्वमा आफ्ना मान्छे नियुत्ती गर्न खोजेको हो की भन्ने बसैले शंका गर्न थालेका छन । यो सबै प्रकृया मात्र दुई दिन भित्र गरेको देखिन्छ । विद्यालयमा कार्यरत शिक्षकहरुलाई निकालेर सोहि दिन विद्यालयले नयाँ शिक्षक आवश्यकता सुचना समेत जारि गरेको छ । घटना मोरङको पथरी शनिश्चरे वडा नं. ८ मा रहेको बुद्ध माविमा कार्यरत सर्मिला गौतम, मनिशा बानिया र रस्मिका नेम्बाङ शिक्षकहरुको हो । शिक्षक सर्मिला गौतमलाई विद्यालयले हटाएको हो भने मनिशा बानिया र रस्मिका नेम्बाङलाई राजिनामा दिन बाध्य बनाएको हो । उनिहरुले निजी विद्यालयमा छोराछोरी पढाएको भन्दै उनिहरुलाई पथरी शनिश्चरे वडा नं. ८ र विद्यालयले राजिनामा दिन बाध्य बनाएको बताएका छन । विना कारण शिक्षक हटाउदा समेत महिनै शिक्षक आन्दोलनमा काठमाडौ धाएका शिक्षक संगठन यो विषयमा मैन रहेको देखिन्छ । वडा कार्यलयले वडा भित्रका सामुदायीक विद्यालयमा करारमा कार्यरत शिक्षकले आफ्ना बच्चाहरु अनिवार्य सामुदायीक विद्यालयमा लगाउन बाध्य गरेपछि जागिर छोड्न बाध्य भएको शिक्षकहरुको भनाई छ । शिक्षक सर्मिला गौतमलाई असार ३१ गते अस्थायी करार थप नगर्ने भन्दै हटाएको छ भने सोहि दिन विद्यालयले शिक्षक आवश्यकता सुचना जारि गरेको छ । शिक्षक मनिशा बानिया र रस्मिका नेम्बाङले भने विद्यालय र वडाको दैनिक टचरका कारण राजिनामा दिएको बताए । “हाम्रो छोरा छोरी निजी विद्यालयमा अध्यायन गरेको भरमा हामीलाई तनाव दिए पछि जागिर छोडेको” शिक्षक रस्मिका नेम्बाङले बताइन । यो सबै राजनीतीक खेल हो, आफ्ना मान्छे हाल्न हामी माथी राजनीती गरिएको हो, हामी एमाले भएर खुल्न सकेनौ शिक्षक मनिशा बानियाले भनिन् । परिवारका सदस्यले र बच्चाले मानुन्जेली हामीले हामी कार्यरत विद्यालयमा पढाएकै हो । अहिले पनि सानो नानी हामी संगै छ शिक्षक बानिया बताउछीन । उनिहरु भन्छन “वडाध्यक्ष नविन कार्की आए देखिनै हामीलाई हटाउन प्रयास भएको हो । हाम्रो शैक्षिक शिकाइमा कहि कम्जोरी नभेटे पछि छोरा छोरीको विषय ल्याएर हटाइएको हो रात दिनको तनाव लिएर विद्यालयमा पढाउन ग्राहो भएकाले जागिर छोडेका हौं” । बालबालिकाको पढाइमा बालबालिकाको मौलिक हक रहेको उच्च अदालतले फैसला गरेको छ । अदालतले बालबालिकाले कहाँ पढेने के पढ्ने, र कहाँ पायक पर्छ त्यो बाध्यकारी नहुने बताएको छ । सोहि विद्यालयमा कार्यरत अन्य शिक्षक र ब्यावस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधीकारीले भने आफ्ना नानीहरु निजी विद्यालयमा पढाउदै आएका छन । तर वडाकार्यलय र विद्यालय छानी छानी शिक्षक माथी राजनीतीक प्रहार सुरु गर्न थालेको छ । तिन शिक्षक बाहेक अन्य शिक्षकमा यो नियम लागु नहुदा वडाध्यक्ष, ब्यावस्थावन समिति, र प्रअले आफ्ना मान्छे नियुत्ती गर्न खोजेका हुनकी भन्ने स्थानीयले शंका गर्न थालेका छन । एक बर्ष अघि पथरी शनिश्चरेको एक विद्यालयले शिक्षक माथी आक्रमण गर्दा  एस ई ई को रिजल्ट खस्कीएको थियो । वडाध्यक्ष र विद्यालयको यो कार्यले शिक्षण शिकाईमा बालबालीकामा ठुलो असर पर्ने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत नविन खुल्ला बुढाथोकीले बताए । शैक्षिक सत्रको विचमा र अदालतले समेत निर्णय गरेको र विद्यार्थीको भविष्य जोडिएको विषयमा अहिले तत्काल यो कदम चाल्न नहुने बताउनु भयो । यता वडा नं. ८ का वडाध्यक्ष  थता नगर प्रबक्ता नविन कार्कीले भने वडाले तलव दिएका सबै विद्यालयलाई पत्र काटेको तर वडाले राजिनामा दिन बाध्य नबनाएको बताएका छन । यस्मा कुनै राजनिती नभएको र चाडै अन्य शिक्षक र समितिमा पनि यि विषय लागु हुने वडाध्यक्ष कार्कीले बताए । उत्त विषयमा विद्यालयका प्रअ बोधराज सिक्देल लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला