Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अन्नपुर्ण केबल्स बिराटनगरले हनुमान मन्दिरका पुजारी झालाई घर निर्माणका लागि दुई लाख आर्थिक सहयोग

2025 Jul 21 1:51 PM 100

विज्ञापन

Birat Cancer Hospital
अन्नपुर्ण केबल्स बिराटनगरले हनुमान मन्दिरका पुजारी झालाई घर निर्माणका लागि दुई लाख आर्थिक सहयोग
असार ३२ गते, बिराटनगर । बिराटनगरको हनुमान मन्दिरमा दैनिक बौदिक बिधीबाट पुजा अर्चना गर्दै आएका ब्रहमाण समाजका पुजारी राजमोहन झालाई बिराटनगर हाटखोला स्थित अन्नपुर्ण केबल्स इन्डस्ट्र्रिज प्रा.लि.ले रु. दुई लाख आर्थिक सहयोग गरेको छ । धेरैले पुजा आराधना गर्ने यो हनुमान मन्दिर दिनहुँ घुईचो लाग्ने गर्दछ । धेरै हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र हनसमान मन्दिर पनि एक हो । यस मन्दिरमा लामो समय देखि पुजारीका रुपमा आफनो दैनिक नित्य पुजा पाठ गर्दे आएका पुजारी राजमोहन झालाई अन्नपुर्ण केबल्स इन्डिस्ट्र्जिं प्रा.लि.ले अरु बेला बखत पनि सहयोग गरीरहेको स्वयम् पुजारी झा बताउछन् । निम्न बर्ग र असाह्य ब्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सि. एस. आर. बाट पुजारी झालाई आफनो निजि घर निर्माणका लागि उक्त रकम प्रदान गरिएको अन्नपुर्ण केबल्स इन्डस्ट्र्रिज प्रा.लि.का अध्यक्ष श्याम राठीले बताएका छन् । पुजारी राजमोहन झाको आर्थिक अबस्था कमजोर रहेको र आफै बस्ने घर समेत नभएको अबस्थामा उक्त रकमले सानै भए पनि घर निर्माणमा सहयोग पुग्ने अपेक्षा अन्नपुर्ण केबल्स परिबारले लिएको छ । पुजारी झाको श्रीमति, एक छोरा र एक छोरी छन् । उनले बिराटनगरको इन्द्रणी मार्ग वडा न.१३ मा ५ धुरमा घर निर्माण गर्ने छन् । घर निर्माण भए पछि यो सानो परिबार यही घरमा बस्नेछन् । यस अन्नपुर्ण केबल्सले धेरै गरिब, निमुखा अनि असाह्यहरुलाई बेला बेलामा बिभिन्न क्षेत्रहरुमा आर्थिक तथा केही सामाग्रीहरु दिएर सहयोग गरीरहेको कटहरी गाउँ पालिका वार्ड न. २ स्थित अशोक टोलका इन्द्रजित राजबंशीले बताएका छन् । अन्नपुर्ण केबल्स इन्डस्ट्र्रिज प्रा.लि.ले बिभिन्न समयमा सि आर एस अन्तर्गत बिभिन्न सामाजिक क्षेत्रहरुमा सेवा प्रदान गर्दे आईरहेको पनि छ । नेपालका हरेक बन्दै गरेका निर्माण हुदै गरेका बिभिन्न कार्यालय, घर, एपार्टमेन्ट लगायत सरकारी भवनहरुमा यही अन्नपुर्ण केबल्स इन्डस्ट्र्रिजबाट उत्पादित स्वदेशी राठी तार प्रयोग नै प्रयोग गर्ने गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला