Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शैक्षिक गुणस्तर उकास्न काठमाडौं विश्वविद्यालय र एभरेष्ट स्कुलबीच समझदारी पत्रमा हस्ताक्षर

2025 Aug 8 10:37 AM 34

विज्ञापन

Biratkhavar
शैक्षिक गुणस्तर उकास्न काठमाडौं विश्वविद्यालय र एभरेष्ट स्कुलबीच समझदारी पत्रमा हस्ताक्षर
विराटनगर । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू)बीच  समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई 'क्रेडिट आवर'को हिसाबले तालिम प्रदान गर्ने छ । उक्त तालिम पश्चात शिक्षकहरुले सोहि अनुसारको डिग्री समेत प्राप्त गर्ने एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । विश्वस्तरीय शिक्षा दिँदै सोहि अनुरुपका जनशक्ति उत्पादन गर्नका लागि केयूसँगको सहकार्य अत्यन्तै फलदायी हुने विश्वास ब्यक्त गर्दै उहाँले केयूले शिक्षक तथा विद्यार्थीहरुको स्तर र मागका सम्बन्धमा त्यस्तै अभिभावकहरुको चाहना र विद्यालय प्रशासनको आवश्यकतालाई आधार मानेर सर्भेक्षण गर्ने छ । त्यसपछि आवश्यकता आधारमा सोहि अनुसारको तालिम प्रदान गर्ने एभरेष्टले जनाएको छ । समझदारी पत्रमा आज एभरेष्टका तर्फबाट प्रिन्सिपल पुरी र केयुका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुईटेलले हस्ताक्षर गर्नुभएको छ । एभरेष्टको शिक्षा अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ भन्ने मान्यताका साथ यस विद्यालयले विभिन्न समयमा विभिन्न क्षेत्रका संस्थाहरुसँग सहकार्य गर्दै आएको छ । कम्प्यूटर शिक्षाका लागि बेलायतको कोर्ष डिजी स्कुल, आविश्कार तथा अन्वेषणका लागि कारखाना, विद्यार्थीलाई खुसी राख्न ह्याप्पीनेस करिकुलम, माई सेकेण्ड टिचर, रातो बंगला फाउन्डेसनलगायतका संस्थाहरुसँग सहकार्य गर्दै सफल भएका अभ्यासहरूलाई अवलम्बन गर्दै आएको छ ।  केयूसँगको समझदारीसँगै विद्यालयका करिब ६० जना शिक्षकहरुको अध्यापन क्षमतामा थप विकास हुने र उहाँहरुले शैक्षिक उपलब्धिसमेत हासिल गर्ने वातावरण तयार भएको प्रिन्सिपल पुरीले बताउनुभयो । एभरेष्टले शैक्षिक वातावरणसँगै भौतिक संरचनाहरु समेत अन्तर्राष्ट्रिय स्तरको बनाउँदै लगेको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु