शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाल मै पहिलो पटक प्रारम्भ गरिएको यस कार्यक्रमलाई थप टेवा पु¥याउन कोशी प्रदेश सरकारले हातेमालो गर्ने प्रतिवद्धता जनाए । प्रदेश सरकारले भर्खरै लगानी सम्मेलन आयोजना गरि लगानीकर्ताहरुलाई आव्हान गरिरहेको पृष्ठभूमिमा स्थापना भएको यो कम्पनीले कोशी प्रदेश लगानीका प्रचुर सम्भावना भएको क्षेत्र पुनः पुष्ठि गरेको वताउदै संगठनको यो स¥हानीय कामका लागि धन्यवाद व्यक्त गरे । साथै मुख्यमन्त्री कार्कीले नवप्रवर्तनमा स्टार्टअप उद्यमीहरुलाई खोजी गर्ने, लगानीका लागि योग्य वनाउने र लगानीकर्ताहरु माझ प्रस्तुत गर्ने सम्मको विस्तृत प्रकृयामा संगठनको स्टार्टआप एण्ड इन्क्यूवेशन कार्यक्रमलाई कोशी प्रदेश सरकारले अपनत्व ग्रहण गर्दै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै कार्यक्रममा प्रस्तुत गरिएका ९ वटा स्टार्टअप कम्पनीहरुको प्रस्तुतीकरण हेरिसकेपछि मुख्यमन्त्री कार्कीले ९ वटा परियोजनालाई कोशी प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै ट्रयाक अन नेपाल नामक कम्पनीका लागि व्यवसायीक नेटवर्क स्थापनामा कोशी प्रदेश सरकारले सहजीकरण गर्ने वताए ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले विगत पांच वर्ष देखि स्टार्टअपहरूसंग कार्यगर्दा सबैभन्दा ठूलो चुनौती वित्तीय स्रोतको अभाव रहेको पाईएको वताउदै त्यसको पूर्ति गर्दै दीर्घकालीन सहयोग पु¥याउने उद्देश्यले सम्भावित लगानीकर्ताहरुलाई एकीकृत गर्दै एन्जल ईन्भेष्टर्स नेटवर्क नामक गैर नाफामूलक संस्था स्थापना गरेको वताए । उनले उक्त नेटवर्कले लगानीयोग्य परियोजनाहरू छनोट गरी लगानीकर्ता समक्ष प्रस्तुत गर्नुका साथै लगानीको खोजीमा रहेका स्टार्टअपहरूलाई लगानीका अवसर प्रदान गरी स्टार्टअपहरूका लागि वित्तीय पहुचको अवसर र लगानीकर्ताहरूका लागि नया व्यवसायमा लगानी गर्ने उपयुक्त वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष राठीले स्टार्टअप उद्यमीहरुले लगानी मात्र खोजीरहेका हुदैनन व्यवसायीक अनुभव र नेटवर्कको समेत आवश्यकता पर्ने भएकोले एन्जल ईन्भेष्टर्स नेटवर्कले लगानीका साथसाथै व्यवसायीक अनुभव र नेटवर्कको खाचो परिपुर्ति गर्ने वताए । त्यसैगरि यस कार्यक्रम मार्फत लगानीकर्ताहरुले समेत नया लागनीको अवसरहरु प्राप्त गर्ने भएकोले यो लगानीकर्ता र लगानी खोज्ने दुवै पक्षका लागि वीनवीन हुने स्पष्ट पारे ।
विराटनगर एन्जल इनभेष्टर्स नेटवर्क (वेन) का संयोजक सुयश प्याकुरेलले ५ वर्षअघि उद्योग संगठनमा स्टार्टअप कार्यक्रम प्रारम्भ गर्दा यसको भविष्यप्रति चिन्ता भएको भएतापनि सहयोगी हातहरु वढदै गएका कारण छोटो समय मै सय स्टार्टअप आइडिया सफलतापूर्वक इन्क्युबेट भएकोमा खुशी व्यक्त गरे । उनले सानो स्तरका विशेषत पहिलो पुस्ताका स्टार्टअपलाई लगानी जुटाउन गाह्रो हुने भएकाले, वैन मार्फत यस्तो सम्भावना बोकेका आइडियालाई फन्डिङ तथा व्यवसायीक सेवा प्रदान गर्ने जानकारी गराए । संगठनका पूर्व अध्यक्ष समेत रहेका प्याकुरेलले केही लगानीकर्ताहरु मिलेर पहिलो चरणमा २ करोडको लगानीको पुल वनाएको जानकारी गराउदै इच्छुक लगानीकर्ताहरुलाइ वेनमा आवद्ध हुन आव्हान गरे ।
उनले स्टार्टअपको व्यवसायीक विकासलाई मध्यनजर गरी यो कार्यक्रम संगठनले प्रारम्भ गरेको भएतापनि अबका दिनमा प्रदेश सरकारको स्वामित्वमा लैजानुपर्ने आवश्यकता औल्याए । वेनलाई प्रदेश सरकारको आधिकारिक उद्यमशीलता साझेदारको रूपमा मान्यता दिन, स्टार्टअप दर्ता प्रक्रियाका लागि सरल नीति वनाउन, एन्जल लगानीमा कर छुट प्रोत्साहनको पहल गर्न, व्यवसाय सम्वद्र्धन केन्द्र र नवप्रवर्तनमा सहयोग पु¥याउन, वेनसँग सहकार्य गर्दै बीउ पूंजी कोष स्थापना गर्न, प्रदेश सरकारका तर्फबाट सम्पर्क व्यक्ति तोक्न र आर्थिक समितिमा वेनका प्रतिनिधि समावेश गर्ने प्रतिवद्धताका लागि मुख्यमन्त्री समक्ष उनले अनुरोध गरे ।
कार्यक्रममा ट?याकअन नेपाल, साइबर अर्लट नेपाल, सिसा, सोल्भी, आरा ट?ेक्नोलोजी प्रा.लि, कुखुरी कां, आरती फलावर, अपेक्स वायोटेक एण्ड एग्रोफोरेष्ट्रि रिसर्च सेन्टर प्रा.लि र सुसन विष्ट ईन्स्टिीटियूट अफ फ्लाईट एण्ड ड्रोन गरी ९ वटा स्टार्टअपले आ–आफनो स्टार्टअपको पिचिङ गरेका थिए जसमा सबै कम्पनीमा लगानीकर्ताहरुले विशेष रुचीका साथ आफनो व्यवसायीक नेटवर्क, अनुभव, मेन्टरसिप तथा आवश्यकत अनुसार लगानी समेत गर्ने प्रतिवद्धता व्यक्त गरे । यसरी प्रतिवद्धता व्यक्त गर्ने एन्जल ईन्भेष्टर्सहरुमा क्रमशः महेश जाजु, सुयश प्याकुरेल, राकेश सुराना, भोलेश्वर दुलाल, सुरेन्द्र गोल्छा, प्रत्युष राउत, सुजित झा, किरण ब्यास रहनु भएको थियो ।
आज गरेको लगानी साझेदारको प्रतिवद्धता लगानीकर्ताहरुको रुची रहेको जनाउने भएकोले यसरी प्रतिवद्धता व्यक्त गर्ने लगानीकर्ताहरुका लागि एन्जल ईन्भेष्टर्स कम्पनी मार्फत सम्वन्धित स्टार्टअप उद्यमीहरुको विस्तृत अध्ययन, डयु डेलिजेन्स गरी दुवै पक्ष्ँ बीच व्यवसायीक डिलका लागि सम्झौता गरेर लगानीको प्रकृया अगाडी वढने संगठनको उद्यमशिलता तथा स्टार्टअप कार्यक्रमका संयोजक प्रतिक राउतले जानकारी गराए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजु थपलियाले विश्वविद्यालयले यस कार्यक्रमलाई थप प्रोत्साहन गर्न विश्वविद्यालय सहकार्य गर्न तयार रहेको वताए । उनले नवउद्यमीको विकास गर्नु विश्वविद्यालयको समेत जिम्मेवारी भएकाले यस प्रकारको कार्यक्रम वढावा दिने सबैको हातोमालो आवश्यक रहेको औल्याए ।
स्विस कन्टयाक्ट सहज परियोजनाका म्यानेजर ब्रजेश मल्लले नवप्रवर्तनको संस्कृति निर्माण गर्ने अभियानमा परियोजनाको सदैव सहयोग रहने वताउदै युवालाई प्रदेशमै अवसर प्रदान गर्न यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्मरणरहोस संगठनले स्टार्टअप उद्यमशीलता प्रवद्र्धनका लागि दीगो इको सिस्टम सुदृढिकरण गर्ने उद्देश्यले सञ्चालन गरिरहेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत हालसम्म ६ वटा कोहर्ट मार्फत सय भन्दा वढी स्र्टाटअपहरु सहभागिता रहेको छ । त्यसैगरी स्टार्टअप उद्यमीहरुका लागि शुरुवाती अवस्थामा काम गर्ने ठाउ तथा नेटवर्क वनाउने ठाउको अभावलाई सम्वोधन गर्न संगठनको सचिलयमा विराटनगर इन्क्यूवेशन सेन्टर समेत सञ्चालनमा रहेको छ । तसर्थ स्टार्टअप उद्यमीका लागि चुनौतिका रुपमा रहेको वित्तिय पहुचमा सहजीकरण गर्न स्थापित यस एन्जल ईन्भेष्टर्स नेटवर्कले स्टार्टअप ईकोसिस्टममा थप एक कडिका रुपमा भूमिका निर्वाह गर्दै उद्यमशिलता प्रति आकर्षण पैदा गर्ने अपेक्षा संगठनले लिएको छ । यस कार्यक्रममा जोडिन चाहने लगानीकर्ता र स्टार्टअप उद्यमीहरुका लागि भर्चुअल प्लेटफर्मका रुपमा विराटनगर एन्जल्सडटकम नामक वेवसाइट आजैबाट सञ्चालमा आएको छ ।
कोशी प्रदेशलाई नविन उद्यमशिलताको विकासको हब बनाउने अभिप्रायका साथ स्थापना गरिएको विराटनगर एन्जल इनभेष्टर्स नेटवर्कलाई स्वीस कन्ट्याक्ट सहज परियोजना र ईन्भेष्टमेन्ट इन्फ्राको प्राविधिक सहयोग रहेको संगठनले जनाएको छ ।
समाप्त
विराटनगर एन्जल ईन्भेष्टर्स नेटवर्कको कोशी प्रदेशका मुख्यमन्त्रि कार्कीबाट औपचारिक शुभारम्भ

ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1