Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)को उत्कृष्ट प्रदर्शन तीन खेलमाजित, फाइनलमा दुर्भाग्य पूर्ण हार

2025 Aug 27 10:07 AM 97

विज्ञापन

Birat Cancer Hospital
नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)को उत्कृष्ट प्रदर्शन तीन खेलमाजित, फाइनलमा दुर्भाग्य पूर्ण हार
महेश बस्नेत, अस्ट्रिया । स्वास्थ्यका र भाइचारा लागि खेलकुद भन्ने नाराका साथ अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)ले आयोजना गरेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि खेलाडी घाइते भएका कारण आयोजक क्लब उपविजेतामा सीमित हुन पुग्यो । एनईएससीले ३ खेल जित्दा फाइनलमा भने फिनल्याण्ड एचएससी क्लबसित ३–० को हार व्यहोर्नु बाध्य भयो । एनईएससीले एनबीएससीलाई २–०, एचएससीटी स्वीजरल्याण्डलाई २–० र एचएसभीसी जर्मनीलाई २–० को सेटमा पराजित गरेको थियो । सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको एनईएससी एकजना खेलाडी घाइते भएका कारण फाइनलमा पराजित हुन बाध्य भएको एनईएससी दिलकुमार घमालले बताए । सन् २०२० मा स्थापना भएको नेपाल युरोपियन स्पोट्र्स क्लब एनईएससीले पछिल्ला प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हात पारेको छ । सुरुवातमा केवल ४ खेलाडीहरूसँग सुरू भएको क्लब अहिले एक सबल र संगठित टोलीको रूपमा अघि बढिरहेको अध्यक्ष घमालको भनाइ छ । ‘यस वर्षको प्रतियोगितामा क्लबले तीन खेलमा लगातार विजय हासिल गर्दै फाइनल सम्मको यात्रा तय गरेको थियो,’ घमालले भने, ‘तर डेनियल, माइकलको प्रशिक्षणमा टिमले राम्रो गर्दागर्दै पनि एक जना खेलाडीको खुट्टामा समस्या आएपछि उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन ।’ अध्यक्ष घमालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सुश्री सारा, डेनियल, माइकल, टी भली टिम, गल्र्स टिम तथा सबै पाहुनाहरूलाई धन्यवाद दिए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला