Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

थप अर्को अनलाईन- ब्रेकिङ नेपाल डट कम-को औपचारिक रुपमा शुभारम्भ

2025 Aug 27 10:14 AM 98

विज्ञापन

Birat Cancer Hospital
थप अर्को अनलाईन- ब्रेकिङ नेपाल डट कम-को औपचारिक रुपमा शुभारम्भ
विराटनगर । विराटनगरबाट थप नयाँ अनलाइन पोर्टल ब्रेकिङ नेपाल डट कम औपचारिक रुपमा सुरु भएको छ । गाउँशहर मिडिया प्रालिद्वारा सञ्चालित ब्रेकिङ नेपाल डट कमको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले मिडिया सञ्चालनमा आउनुभन्दा टिक्नु मुख्य विषय भएको बताए । ‘नेपालमा थुप्रै मिडियाहरु सञ्चालनमा आएका छन् । तर लामो समयसम्म टिक्न सक्दैनन्,’ उनले भने, ‘लामो समयसम्म टिक्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ ।’ उपमेयर शिल्पा निराला कार्कीले समाज रुपान्तरणमा सञ्चार क्षेत्रको अहम् भूमिका रहँदै आएको चर्चा गरिन् । निष्पक्ष र तथ्यमा आधारित रहेर समाचार बनाउनुपर्नेमा उनको जोड थियो । प्रविधिको बढ्दो प्रयोगले सञ्चार क्षेत्रमा चुनौती देखिएको बताउँदै उनले भनिन्, ‘ब्रेकिङ नेपाल जस्ता मिडियाले समयको मागअनुसार र पाठक र दर्शकको चाहनाअनुसार सामग्रीहरु प्रस्तुत गर्नु आवश्यक छ ।’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेलले देशको आर्थिक अवस्थाका कारण सञ्चार क्षेत्र निकै समस्यामा रहेको बताए । उनले प्रदेश सरकारले प्रेसविरोधी विधेयक ल्याएको अवस्थामा ब्रेकिङ नेपालको जन्म भएको उल्लेख गरे । सञ्चार क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण बदलिनुपर्नेमा उनको जोड थियो । जोसुकै सरकारमा भए पनि सञ्चार क्षेत्र प्रतिपक्षको भूमिकामा हुने गरेका कारण जहिले पनि सत्तापक्षले सञ्चार माध्यम क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको खरेलको भनाइ थियो । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले राजनैतिक क्रान्ति पूरा भएकाले अब सञ्चार माध्यमहरुले आर्थिक विकास र समृद्धिका मुद्दालाई प्राथमिकता दिनु आवश्यक रहेको औंल्याए । ‘ब्रेकिङ नेपाल डट कमले आर्थिक मुद्दा उठाओस् भन्ने शुभकामना दिन चाहन्छु,’ राठीले भने । गाउँशहर मिडिया प्रालिका अध्यक्ष एवं ब्रेकिङ नेपाल डट कमका प्रधानसम्पादक मीनकुमार नवोदितले पत्रकारिता केवल समाचारको संग्रह मात्रै नभएर सामाजिक रूपान्तरणको एक शक्तिशाली औजार भएको बताए । नेपाली समाजमा दिनप्रतिदिन मौलाउँदै गएको निराशाको छायाँ हटाएर आशाको उज्यालो फैलाउन थोरै मात्रै भए पनि प्रयास गर्ने गरी ब्रेकिङ नेपाल सुरु गरिएको उनले प्रस्ट्याए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला