Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा गाइनो सगै ट्र्मा सेन्टरका लागि ५ नयाँ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालन

2025 Aug 27 10:23 AM 93

विज्ञापन

Birat Cancer Hospital
विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा गाइनो सगै ट्र्मा सेन्टरका लागि ५ नयाँ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालन
विराटनगर / मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले स्त्रीरोग तथा प्रसूति सेवामा अझ प्रभावकारिता ल्याउने उद्देश्यले ५ वटा अत्याधुनिक अप्रेशन थिएटर थप गरेको छ। अस्पतालले मंगलबार एक कार्यक्रमको आयोजना गरी ती थिएटरहरूको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेबाट गरिएको छ । सन २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवालाई अझ प्रभावकारी बनाउन ५ वटा नयाँ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालनमा ल्याएको छ।  यससँगै अस्पतालमा सञ्चालनमा रहेका अप्रेशन थिएटरको संख्या २४ पुगेको छ। अस्पतालको स्त्री तथा प्रसूति विभागअन्तर्गत हालै सञ्चालनमा आएका यी नयाँ सुविधा मार्फत २०० बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइने आईसीयू पनि थपिएको छ।  नेपालकै सबैभन्दा ठूलो १०० बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा रहेको यस अस्पतालमा स्त्री तथा प्रसूति आपतकालीन सेवा (Gyne Emergency) समेत उपलब्ध छ। अस्पतालमा हाल २० भन्दा बढी स्त्री रोग तथा प्रसूति विशेषज्ञ चिकित्सकहरूको टोली कार्यरत छ। विराट मेडिकल कलेजले लामो समयदेखि नेपाल सरकारद्वारा सञ्चालित सुरक्षित आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। अस्पतालले ल्याप्रोस्कोपीक स्त्री तथा प्रसूति सेवाका लागि छुट्टै सुविधा सञ्चालनमा ल्याएसँगै कोशी प्रदेशका साथै आसपासका जिल्ला र छिमेकी मुलुकका महिलाहरूलाई सुरक्षित, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुने अपेक्षा गरिएको छ।  अस्पताल व्यवस्थापनले नयाँ सुविधाले मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउन र महिलाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। नवीनतम सुविधा सम्पन्न अप्रेशन थिएटरको उद्घाटन काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत प्रसाद बाग्लेले गर्नुभएको छ। विराट टिचिङ्ग हस्पिटलको यो नयाँ विस्तारले कोशी प्रदेशमै नभई, देशभरकै स्त्रीरोग तथा प्रसूति सेवामा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला