Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा गाइनो सगै ट्र्मा सेन्टरका लागि ५ नयाँ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालन

2025 Aug 27 10:23 AM 57

विज्ञापन

Birat Cancer Hospital
विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा गाइनो सगै ट्र्मा सेन्टरका लागि ५ नयाँ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालन
विराटनगर / मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले स्त्रीरोग तथा प्रसूति सेवामा अझ प्रभावकारिता ल्याउने उद्देश्यले ५ वटा अत्याधुनिक अप्रेशन थिएटर थप गरेको छ। अस्पतालले मंगलबार एक कार्यक्रमको आयोजना गरी ती थिएटरहरूको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेबाट गरिएको छ । सन २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवालाई अझ प्रभावकारी बनाउन ५ वटा नयाँ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालनमा ल्याएको छ।  यससँगै अस्पतालमा सञ्चालनमा रहेका अप्रेशन थिएटरको संख्या २४ पुगेको छ। अस्पतालको स्त्री तथा प्रसूति विभागअन्तर्गत हालै सञ्चालनमा आएका यी नयाँ सुविधा मार्फत २०० बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइने आईसीयू पनि थपिएको छ।  नेपालकै सबैभन्दा ठूलो १०० बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा रहेको यस अस्पतालमा स्त्री तथा प्रसूति आपतकालीन सेवा (Gyne Emergency) समेत उपलब्ध छ। अस्पतालमा हाल २० भन्दा बढी स्त्री रोग तथा प्रसूति विशेषज्ञ चिकित्सकहरूको टोली कार्यरत छ। विराट मेडिकल कलेजले लामो समयदेखि नेपाल सरकारद्वारा सञ्चालित सुरक्षित आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। अस्पतालले ल्याप्रोस्कोपीक स्त्री तथा प्रसूति सेवाका लागि छुट्टै सुविधा सञ्चालनमा ल्याएसँगै कोशी प्रदेशका साथै आसपासका जिल्ला र छिमेकी मुलुकका महिलाहरूलाई सुरक्षित, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुने अपेक्षा गरिएको छ।  अस्पताल व्यवस्थापनले नयाँ सुविधाले मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउन र महिलाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। नवीनतम सुविधा सम्पन्न अप्रेशन थिएटरको उद्घाटन काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत प्रसाद बाग्लेले गर्नुभएको छ। विराट टिचिङ्ग हस्पिटलको यो नयाँ विस्तारले कोशी प्रदेशमै नभई, देशभरकै स्त्रीरोग तथा प्रसूति सेवामा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?