Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पैसाले जे गर्छ त्यो देखियो, ईआईए प्रतिवेदन स्विकृत नगराई दमकमा भाटभटेनीको सुपरमार्केट सञ्चालन

2025 Aug 27 11:28 AM 47

विज्ञापन

Biratkhavar
पैसाले जे गर्छ त्यो देखियो, ईआईए प्रतिवेदन स्विकृत नगराई दमकमा भाटभटेनीको सुपरमार्केट सञ्चालन
विराटनगर । नेपालका चर्चित सुपरमार्केट व्यवसायी मिनबहादुर गूरुङ र उनकी धर्मपत्नी सावित्रा गुरुङले उदघाटन गरेको झापाको दमक स्थित भाटभटेनी सुपरमार्केट वतावरण प्रभाव मुल्यांङकन प्रतिवेदन (इआईए) स्विकृत नभै सञ्चालनमा आएको खुलेको छ । दमक नगरपालिका-९ चिया दोकानमा २७औ शाखाका रुपमा निर्माण भै गत २३ माघ २०८१ देखी औपचारिक उदघाटन भएर सञ्चालनमा आइसकेको उक्त्त भाटभटेनी सुपरमार्केटको अझै ईआईए प्रतिवेदन स्विकृत भै नसकेको खुलेको हो । झण्डै डेढ करोडको लागतमा २ लाख बर्गफिट क्षेत्रफलमा रहेको १लाख ५० हजार वर्गफिटको भवन रहेको उक्त्त दमक सुपरमार्केटको ईआईए प्रतिवेदनकालागि भाटभटेनीले कोशीप्रदेशको वतावरण मन्त्रालयमानिवेदनदर्ता गराएर अध्यनकालागिकार्यसूचीमात्रप्राप्त गरेको छ । तर अझैसम्म भाटभटेनीले वतावरण अध्यन प्रतिवेदन नबुझाएकोले मन्त्रालयबाट स्विकृत हुन नसकेको मन्त्रालयको वतावरण शाखाले जनाएको छ ।  मन्त्रालयका अनुसार कुनै नयाँ संरचनाहरु निर्माण गर्दा पहिले अनिवार्य वतावरण मुल्यांकन प्रतिवेदन स्विकृत गराउनुपर्छ । त्यसमा पानी कति खपत गरिन्छ , सुरक्षाको अवस्था के कस्तो छ भन्नेदेखीआसपासका बासिन्दाहरुमा के कस्तो असर प्रभाव पर्छ र निर्माण भैसके पछिको सुरक्षाको अवस्था के भन्ने समेत हेर्नु पर्दछ । तर भाटभटेनीले प्रतिवेदन नबुझाएकोले अझैसम्म मन्त्रालयले वतावरण निरिक्षक पठाएर चेकलिष्ट अनुसार जाँच गराउन पाएको छैन ।  भाटभटेनीका प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले आफनो पहुँच प्रयोग गरेर कानुनको मापदण्डलाई मिचेर ईआईए प्रतिवेदन स्विकृत नै नगरि दमकको २७औ शाखाका रुपमागत माघदेखी नै मार्केट सञ्चालनमा ल्याइसकेका छन । यो सबै जानकारी पाएर पनि कोशी प्रदेश सरकारको वतावरण मन्त्रालय भने निरिह बनेर कहिले भाटभटेनीले ईआईए प्रतिवेदन बुझाउला र चेकलिष्ट ओके गरेर स्विकृत गरौला भनेर पर्खेर बसिरहेको छ । कोशीप्रदेश वन तथा वतावरण मन्त्रालयका वतावरण निरिक्षक हरिसंकर झाले भाटभटेनी दमकले इआइए प्रतिवेदनका लागि छलफल गरेर कार्यसूची लगे पनि प्रतिवेदन भने बुझाइन नसकेकोले स्विकृत हुन बाकी नै रहेको बताए । वतावरण निरिक्षक झाले भने , ‘दैनिक २० हजार लिटर भन्दा बढि पानीप्रयोग हुने र १० हजार बर्गमिटर भन्दा बढि क्षेत्रफल ओगटने संरचनाको अनिवार्य वतावरण प्रभाव मुल्यांकनअध्यन गरेर प्रतिवेदन स्विकृत गराउनुपर्छ तर मन्त्रालयबाट अझै प्रतिवेदन स्विकृत भैसकेको छैन ।’, भाटभटेनी सुपरमार्केट दमक शाखाका मनेजर प्रमिला घलेले इआइए प्रतिवेदनबारे आफुलाई केही पनि थाहा नभएको बताइन । भनिन , ‘मलाई त यसवारे केहीथाहा छैन मत पहिलो पल्ट इआइए प्रतिवेदन भनेर सुन्दैछु । ’ मन्त्रालयको वतावरण शाखाकाअनुसार भाटभटेनीदमकले ३१ बैसाख २०८० मापहिलो पटक वतावरण प्रभावमुल्यांक स्विकृतिका लागिनिवेदनदिएको थियो । ८ असार २०८० माउक्त्तप्रतिवेदन उपर मन्त्रालयमा छलफल भएको थियो । १४ साउन २०८० मा भाटभटेनीले क्षेत्रनिर्धारणका लागिपुन ईआईए प्रतिवेदनको कार्यसूचीमाग गर्न निवेदन गरेको थियो । त्यसपछि मन्त्रालयले२५ मंसिर २०८० मा पुन मन्त्रालयमा कार्यसूचीवारे छलफल भएको थियो । र २९ कार्तिक २०८१मा दमक नगरपालिकाको ९ नम्बर वडा कार्यालयले इआईए प्रतिवेदन मन्त्रालयमा पेश गरेको थियो । फेरि ३ पुस २०८१ मा उक्त्त प्रतिवेदन उपर मन्त्रालयले छलफल गरेर थपघटको सुझाव दिएको थियो । र, २४ पुस २०८१ म भाटभटेनीलाई कार्यसूचीअनुसार ईआईए प्रतिवेदनतयार गरेर बुझाउनमन्त्रालयले राय सुझाव पठाएको थियो । तर मन्त्रालयले राय सुझाव पठाएको ६ महिनावितिसकेपनि अझै भाटभटेनीले कार्यसूचीअनुसारको ईआइएप्रतिवेदनमन्त्रालयमाबुझाएको छैन । भाटभटेनी सुपर मार्केटको कोशीप्रदेशमा राजधानीविराटनगर , सुनसरीको ईटहरी र धरानअनि झापाको दमक र विर्तामोडमा भाटभटेनी सुपरमार्केटका शाखाहरु छन । तर झापाको दमक बाहेक अन्यत्रकुनै पनि शाखा स्टोर्सको ईआइए प्रतिवेदन स्विकृत प्रदेश वतावरण मन्त्रालयमा अभिलेख छैन ।   कोशी प्रदेश वतावरण मन्त्रालय स्थापना भएको ११ बर्ष वितेपनि अझै प्रोएक्ठिटभ रुपमा वतावरण प्रभाव मुल्यांकनको अनुगमन निरिक्षण गर्ने गरेको छैन । दर्ता भएका उजुरीहरु उपर पनि मन्त्रालयले अनुगमनरी कारवाही गर्न सकेको छैन ।  

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु