भोजपुर । भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका लागू औषध गाँजाको ८ हजार बोट तथा बेर्नाहरु प्रहरीले
फडानी गरी नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत डाँडा पाखामा अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियानको क्रममा यो साता भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडा एरियाका करिव ४३ रोपनी क्षेत्रफलमा आफै उम्रिएका ४ हजार २ सय वटा गाँजाको बोट र ३ हजार ८ सय गाँजाको बेर्ना फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले डाँडा पाखामा उम्रिएका लागूऔषध गाँजाको बोट तथा बेर्नालाई निरन्तररुपमा फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा ८ हजार गाँजाको बोट तथा बेर्ना नष्ट
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4
