Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जेनजीको प्रदर्शनमा घाइते भएकालाई विराट मेडिकलले नि :शुल्क उपचार गर्ने

2025 Sep 10 2:27 PM 113

विज्ञापन

Birat Cancer Hospital
जेनजीको प्रदर्शनमा घाइते भएकालाई विराट मेडिकलले नि :शुल्क उपचार गर्ने
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई नि :शुल्क उपचार गर्ने भएको छ ।   हस्पिटलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै हालै नेपालका विभिन्न स्थानहरूमा भएका घटनाहरूमा घाइते भएका सबै व्यक्तिहरूको उपचार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने भएको हो । यसैगरी, हस्पिटलले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने जनाएको छ ।   आपतकालीन चिकित्सा प्रतिनिधी (ERT) टोली र आपतकालीन र आघात सुविधा आउन सक्ने कुनै पनि चुनौतीहरूको सामना गर्न आवश्यक सम्पुर्ण स्रोतहरूसहित पूर्ण रूपमा तयार रहेको हस्पिटलले जनाएको छ । साथै कुनै पनि आपतकालीन अवस्थाको लागि ९७६१००२५३७,९७६१००२५३२,०२१-४२२६०१, ४२३१८२ मा सम्पर्क गर्न हस्पिटलले आग्रह गरेको छ । विराट मेडिकलमा अत्याधुनिक आकस्मिक सेवा (इमर्जेन्सी) १०० भन्दा बढी बेडको संचालनमा रहेको छ। हस्पिटलले २४ सैँ घण्टा इमर्जेन्सी सेवा दिँदै आएको छ।     प्रेस विज्ञप्तिमा हस्पिटलले यस घटनामा दुर्भाग्यवश ज्यान गुमाउनु परेका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।अस्पतालले सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई एकजुट भएर घाइतेहरूको उपचारमा जुट्न आह्वान गरेको छ। साथै राष्ट्रको लागि शान्ति, सुरक्षा र शक्तिको कामना गरेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो