खेलकुद, समाचार
नेपालले ओमानलाई ५ विकेटले हरायो

काठमाडौं । ओमानसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । त्रिवी मैदान कीर्तिपुरमा ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ६७, दिपेन्द्रसिंह ऐरीले ५९ र रोहित पौडेलले रिटायर्ट हर्ट हुँदै ५८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले १५, […]

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दिक्तेल । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र […]

डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ […]

जिपी कोइराला स्मृति हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने

विराटननगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ । बिहीबार पनि तीन खेल सम्पन्न भएका थिए । विराटनगरको शहीद […]

मिल्स क्रिकेट टि–२० : बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । नरपथगञ्जले भारतको पूर्णिया, वैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ भने म्यान अफ द म्याच नरपथगञ्जका रवण कुमार घोषित हुनुभएको छ । आयोजक घरेलु टोली मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले हराउँदै पाहुना टोली […]

विराट गोल्डकप: उपाधिका लागि आज विराटनगर सिटी र लुका भिड्दै

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित सहिद रंगशालामा फाइनल खेल साँझ ६:४५ बजे सुरु हुने छ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा […]

दर्शकको कमीले विराट गोल्डकप खल्लो, बिहीबारको फाइनल रोचक हुने अपेक्षा

विराटनगर । विराटनगरमा जारी प्रतिष्ठित सातौं संस्करणको विराट गोल्डकपमा दर्शकको कमी हुँदा रौनक बढ्न सकेको छैन । दर्शकको कमी महसुस भएपनि बिहीबार उपाधिका लागि आयोजक विराटनगर सिटी क्लब र भारतीय टोली लुका सकर क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै लुका सकारले आयोजकसँग भिड्ने भएको हो । मंगलबार शहिद रंगशालामा भएको […]

मिल्स गोल्डकपको उपाधि झापाको ध्रुवतारालाई

विराटनगर । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो । जितको लागि झापाका गौरव धिमालले दुई गोल र प्रविण राईले […]

ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स र रशिला क्वाटरफाइनलमा

विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई […]

मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देलबाट न्यानो ज्याकेट बितरण

डम्बर न्यौपाने, बिराटनगर । जनता नमूना माध्यमिक विद्यालय का पूर्व बिधार्र्थी तथा नेकपा एमाले मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देल बाट बिद्यालय का चालिस जना जेहेन्दार विद्यार्थी हरुलाइ न्यानो कपडा वितरण भएको छ । बिध्यालय का प्रधानाध्यापक ईश्वर प्रसाद घिमिरे पुर्ब विद्यार्थी संघका अध्यक्ष उमेश कुमार भगत सचिव द्वय प्रकाश उप्रेती र राम […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.