ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स र रशिला क्वाटरफाइनलमा

ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स र रशिला क्वाटरफाइनलमा

विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । सोही समूहबाट उपबिजेताको रुपमा कास्कीका बिधान अधिकारी पनि क्वाटरफाईनल पुगे । बिधानले एक जित र एक वाकओभर प्राप्त गर्दै दुई जितका साथ क्वाटरफाइनल पुगेका हुन् । आजको खेलमा अधिकारीले पुलिका पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गरेका थिए ।
अव क्वाटरफाईनमा पुलिसका बिष्णुले एपिएफका देवराजसंग, आर्मीका प्रफुलले कास्कीका बिधानसंग, आर्मीका रुकेशले एपिएफका क्षितीजसंग, पुलिसका सुनिलले पुलिसकै प्रिन्ससंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अव क्वाटरफाईनलमा रशिलाले सुनयना, जेशिकाले शोभा गौचन, निताले अनुमाया र अमिता गिरीले प्राथना देउवासंग सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.