विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता हुने

विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप(२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष बिमल पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रको लागि खेलकूद, राष्ट्रिय एकता, नैतिकता कायम राख्न एवं खेलकुदको माध्यमबाट भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १९ स्वर्ण १९ रजत र ३८ काश्यमा गरी १९ तौल समूह प्रतिस्पर्धा हुने पूर्वाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका प्रमुख सोभित प्रसाइँले बताउनुभयो ।

प्रतियोगितामा रु पाँच लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसमेत व्यवस्था रहेको कराँते महासङ्घ मोरङका अध्यक्ष रुपेश बरालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.