भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी

भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी

धनकुटा । धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर ९पेनाल्टी० मा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुट आउटबाट निर्णय गरिएको थियो । खेलको ३१औँ मिनेटमा आकास राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि विपक्षी टिमका विदेशी खेलाडी ओस्कारले खेलको ३३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।

खेलको ७७औँ मिनेटमा ओस्कारले पुन अर्को गोल गरेर आफ्नो टिमलाई १ का विरुद्ध २ गोलले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ८२औँ मिनेटमा आयोजका तर्फबाट दिपेन शाक्यले गोल गर्दै खेल बराबरी बनाएका थिए ।

प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौँ, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपिएफ काठमाडौँ र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजयी टोलीले नगद रु पाँच लाख नगद र उपविजेताले नगद रु दुई लाख ५० नगद पाउने सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । विसं २०३० मा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको अभियोगमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई विसं २०३५ मा मृत्युदण्ड दिएको थियो । उनैको सम्झना र सम्मानमा विसं २०५५ देखि फुटबल प्रतियोगिता हुँदै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.