नेपाली बक्सिङ टोली आज उज्वेकिस्तान जाँदै

नेपाली बक्सिङ टोली आज उज्वेकिस्तान जाँदै

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोली आज (शनिबार) उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ ।

अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने उक्त प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३।५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । चौथो वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिनुभयो ।

प्रवक्ता अवालेका अनुसार प्रतियोगितामा एक सय चारभन्दा बढी राष्ट्रका करिब छ सय खेलाडीको सहभागिता रहनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव घनश्याम पौडेल र नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले हिजो काठमाडौमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.