फिफा महिला विश्वकपमा कोलम्बिया र फिलिपिन्स विजयी, स्विट्जरल्यान्ड र नर्वेको बराबरी

फिफा महिला विश्वकपमा कोलम्बिया र फिलिपिन्स विजयी, स्विट्जरल्यान्ड र नर्वेको बराबरी

काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ ।आज मङ्गलवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले हरायो । कोलम्बियाका लागि क्याटालिना उस्मेले खेलको ३० औँ र लिन्डा केसेडाले ३९ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ‘एच’ मा रहेको कोलम्बियाले ३ अङ्क जोडेको छ ।

यस्तै आजै न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा फिलिपिन्सले घरेलु टोली न्युजिल्यान्डलाई १–० गोलले हराएको छ । फिलिपिन्सका लागि सरिना बोल्डेनले खेलको २४ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ुएु मा रहेको फिलिपिन्सले ३ अङ्क जोडेको छ । यस्तै अहिले पौने २ बजे समूह ुएु का स्विट्जरल्यान्ड र नर्वे खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

यसैबीच, फिफा महिला विश्व कप फुटबल २०२३ मा स्विट्जरल्यान्ड र नर्वेले बराबरी खेलेका छन् ।आज मङ्गलवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेलेका हुन् । यो बराबरीसँगै समूह ुएु का टोलीले १र१ अङ्क बाँडेका छन् ।

यसअघि आजै भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० र फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हराएको छ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.