काठमाडौं । कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । भारतको बेङ्ग्लोरमा भएको खेलमा बङ्ग्लादेशलाई १–० गोलले हराउँदै कुवेत उपाधि नजिकै पुगेको हो ।
कुवेतका लागि अतिरिक्त समयको २२औँ मिनेटमा अब्दुल्लाह अल बुलोसीले गोल गरे । निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो । कुवेतले अब उपाधिको लागि भारत र लेबनानबीचको विजेतासँग खेल्दैछ ।
दोस्रो सेमिफाइनलमा घरेलु टोली भारत र लेवनानबीच बेलुका पौने ८ बजे खेल हुनेछ । फाइनल खेल जुलाई ४ तारिख अर्थात् आउँदो १९ गते हुनेछ ।