एसीसी इमर्जिङ कप क्रिकेट: समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेल युएईसँग खेल्ने

एसीसी इमर्जिङ कप क्रिकेट: समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेल युएईसँग खेल्ने

काठमाडौं । लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबारै बाहिरिएको छ ।अघिल्लो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भएको दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको हो । योसँगै नेपाल इमर्जिङ कमबाट बाहिरिएको छ ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा एक विकेटको क्षतिमा भेट्टाएको हो । श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा भएको खेलमा भारतका लागि अभिसेक शर्माले सर्वाधिक ८७ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४० औँ ओभरमा १ सय ६७ रन बनाएर अलआउट भएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले ६५ र गुल्सन झाले ३८ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । आज बङ्गलादेश ए र अफगानिस्तान ए तथा श्रीलङ्का ए र ओमान एबीचका खेल हुँदैछन् । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.