फल्यास न्यूज, राजनीति, समाचार, समाज
सरकारले मिटरब्याजीलाई कारवाही गर्ने गरी कानुन संशोधन गर्ने

काठमाडौं । सरकारले मिटरब्याज लगाउनेहरूलाई कारबाही गर्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ । मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने मंगलबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका सहसचिव […]

कोशी नामाकरण विवाद : मंगलबार दिनभरि विराटनगर तनावग्रत

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप हुँदा मंगलबार दिनभरि विराटनगर तनावग्रत भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त भएको हो । पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको […]

स्ववियु निर्वाचनमा चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले […]

प्रशासनले तोकेको निषेधित क्षेत्र बाहिर कार्यक्रम गर्ने

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले केही क्षेत्र निषेधित घोषना गरेपछि समुहले आफनो निर्धारित कार्याक्रम महेन्द्रचोकमा गर्ने भएको छ । कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको छ । प्रदेशको नाममा असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुश हुन थालेपछि सुरक्षामा असर पार्न सक्ने भन्दै निषेधित क्षेत्र घोषण गरेको जिल्ला प्रशासन कार्यालयले बताएको […]

मिसन ग्रासरुट अभियानः मोरङमा वृृक्षरोपण र सरसफाई

विराटनगर । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङमा विभिन्न कार्यक्रमहरु एकसाथ सञ्चालन भइरहेका छन् । मोरङको कानेपोखरी गाउँपालिकामा वृक्षरोपण र सरसफाई अभियान सञ्चालन गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि सम्पन्न गरिएको छ । यस्तै मोरङकै बेलबारी नगरपालिकामा पार्टी सदस्यता नविकरण शिविर सञ्चालन भइरहेको छ । नेकपा एमाले मोरङका अनुसार […]

गौरादहमा मिसन ग्रासरुट अभियान शुरु

गौरादह, फागुन / झापाको गौरादहमा नेकपा एमाले गौरादह नगर कमिटीले मिसन ग्रासरुट अभियान सुरु भएको छ । बुधबार अभिमुखिकरण एबम् प्रशिक्षण कार्यक्रम गरि अभियानको शुरुवात गरेको् हो । अभियान अन्तर्गत पार्टीका प्रशिक्षण सँगै संगठन सुदृढिकरण र बिस्तारको काम समेत सँगै हुने छ । आज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलको […]

राष्ट्रपति चुनाव सकिएपछि ४ बजेबाट गणना, ७ बुन्दे मतगणना नियम बनाइयो

बिराटनगर । राष्ट्रपति चयनका लागि मतदान सकिए पछि निर्बाचन कार्यालयले ७ बुन्दे नियम मतगणना सम्बन्धी निर्णय बनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले […]

मोरगंमा मिसन ग्रासरुट अभियान संगठन सुदृढीकरण र बिस्तार अभियान शुरु

ग्रामथान, मोरगं । नेकपा एमाले मिसन ग्रासरुट अभियान संगठन सुदृढीकरण र बिस्तार अभियान २०७९ मोरगंको ग्रामथान गाउँ पालिकामा सम्पन्न भएको छ । गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमको केन्द्रिय सदस्य बिसाल भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि बिसाल भट्टराईले समसामयिक राजनिती र हाम्रो भुमिकाबारे प्रकाश पार्नु भएको थियो भने १ नम्बर प्रदेश कमिटीका […]

तेह्रथुममा ग्रासरुट अभियान शुरु, पार्टी सुदुढीकरणमा सहयोग पुग्ने आशा

तेह्रथुम, म्याङलुङ । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत आज प्रदेश १ का बिभिन्न जिल्लाहरुमा बैठक, भेला, लगायत अन्य बिभिन्न गतिबिधी भएका छन् । आज तेह्रथुम जिल्लाको सदरमुकाममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका इन्चार्च क. राजेन्द कुमार गौतमको प्रमुख अतिथिमा मिशन ग्रासरुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार […]

मिसन ग्रासरुट: महानगर कमिटीले थाल्यो अभियान

विराटनगर/ नेकपा एमालेले देशब्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई विराटनगर महानगर कमिटीले पनि आरम्भ गरेको छ । आज महानगर कमिटीको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो । एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पोलिटब्यूरो सदस्य तथा अभियानका लागि विराटनगर महानगरको फोकल पर्सनका रुपमा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.