मिसन ग्रासरुट: महानगर कमिटीले थाल्यो अभियान

मिसन ग्रासरुट: महानगर कमिटीले थाल्यो अभियान

विराटनगर/ नेकपा एमालेले देशब्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई विराटनगर महानगर कमिटीले पनि आरम्भ गरेको छ ।

आज महानगर कमिटीको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो । एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पोलिटब्यूरो सदस्य तथा अभियानका लागि विराटनगर महानगरको फोकल पर्सनका रुपमा खटिएका विशाल भट्टराई, प्रदेश कमिटीका नेता तथा जिल्ला कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बैठकमा प्रस्तुत गरेका प्रस्तावहरुलाई हलले सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकले केन्द्रीय कमिटीले सञ्चालन गरेको पार्टी सुध्रिढिकरण तथा विस्तारको अभियानलाई तालिका बनाएर अघि बढाउने निर्णय गरेको छ । यस्तै मातहतका कमिटीहरुलाई पनि अभियानमा सक्रियता पूर्वक लागेर समयमा काम सक्न निर्देशित गरेको छ । जस अन्तर्गत फागुन १३ देखि १७ सम्म सबै कमिटीको विस्तारित बैठक बसी कार्यायोजना निर्माण गर्ने, जिम्मेवारी बाँडफाँट गर्ने, फागुन १९ देखि २२ सवै वडामा प्रशिक्षण अभियान सञ्चालन गर्ने, फागुन २६ देखि ३० गते सम्म पार्टि सदस्यता नविकरण र नयाँ सदस्यता विस्तार गरिसक्ने निर्णय बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.