गौरादहमा मिसन ग्रासरुट अभियान शुरु

गौरादहमा मिसन ग्रासरुट अभियान शुरु

गौरादह, फागुन / झापाको गौरादहमा नेकपा एमाले गौरादह नगर कमिटीले मिसन ग्रासरुट अभियान सुरु भएको छ । बुधबार अभिमुखिकरण एबम् प्रशिक्षण कार्यक्रम गरि अभियानको शुरुवात गरेको् हो । अभियान अन्तर्गत पार्टीका प्रशिक्षण सँगै संगठन सुदृढिकरण र बिस्तारको काम समेत सँगै हुने छ । 332604710_5899657426748082_7008572086564671941_nआज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमले कार्ययोजना पारित गरेको छ । अभियानलाई वडा र टोला सम्म कार्यकर्तालाई क्रियाशिल गराउने निणर्य गरेको छ । पार्टीका तर्फ अभियान्ता तथा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले अभियानलाई जनस्तर सम्म पुर्याउनका लागि जनमुखी कार्यक्रम लिएर अघि बढ्ने बताउनुभयो । उहाँले सबै कमिटी परिचालन गरि अभियानलाई व्यवस्थित बनाउन जोड दिनुभयो । मिसन ग्रासरुट अभियान अन्तर्गत फागुन मसान्त सम्म जनसंगठनको प्रशिक्षण सम्पन्न गरिने छ । यस्तै आजको अभिमुखीकरणले वडा कमिटीको बैठक फागुन २५ गते देखि ३० गते सम्म, टोल भेला चैत ७ गते सम्ममा गरिसक्ने निणर्य गरिएको छ । त्यस्तै पार्टी सदस्यता नविकरण चैत १५ गते सम्ममा गर्ने, पुर्व जनप्रतिनिधि र अग्रज पार्टी कार्यकर्ताको संयुक्त बैठक चैत १७ गते गर्ने, स्थानीय पालिका संसदीय दलको बैठक चैत १९ गते गर्ने निणर्य भएको नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बृहत पार्टी प्रवेश कार्यक्रम चैत २६ गते गर्ने र वडा प्रतिनिधि परिषद र पालिका प्रतिनिधि परिषद बैठक चैत मसान्तसम्ममा गर्ने निणर्य गरिएको छ । यस्तै अभियान अन्र्तगत एमालेका सबै जनसंगठनलाई परिचालन गर्नका लागि क्षेत्र अनुसारको जिम्मेवारी तोकिएको छ । अभियानमा केन्द्रका प्रमुख अभियान्तासँगै प्रदेश र जिल्लाले खटाएका अभियान्ता समेत सँगै रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.