प्रशासनले तोकेको निषेधित क्षेत्र बाहिर कार्यक्रम गर्ने

प्रशासनले तोकेको निषेधित क्षेत्र बाहिर कार्यक्रम गर्ने

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले केही क्षेत्र निषेधित घोषना गरेपछि समुहले आफनो निर्धारित कार्याक्रम महेन्द्रचोकमा गर्ने भएको छ ।
कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको छ । प्रदेशको नाममा असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुश हुन थालेपछि सुरक्षामा असर पार्न सक्ने भन्दै निषेधित क्षेत्र घोषण गरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आज चैत्र ५ गते विराटनगरको महेन्द्रचोकमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रमलाई गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङ लगायतले सम्बोधन गर्ने आयोजकले बताएको छ ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ । सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुश, भेला, ¥याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेध गरिएकाले जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.