फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
नक्कली शरणार्थी प्रकरणमा आजबाट जबाफी बहस सुरु हुने

काठमाडौं– । नक्कली शरणार्थी प्रकरणमा आजबाट जबाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जबाफी बहस गर्नेछन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जबाफी बहस गर्नेछन् । आजबाट हुने जबाफी बस शुक्रबार दिउँसो २ बजेभित्र नै […]

कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुल्यो

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले दुईवटा अध्यादेश जारी गरेका छन् । क्याविनेटको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले आज ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ जारी गरेका हुन् । नेपाल संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम कोशीको मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश ल्याइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए । […]

अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रस्तावित प्रधानन्यायाधीश कार्कीको प्रतिबद्धता

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले न्यायापालकालिकालाई स्वच्छ पारदर्शितालाई जोड दिने बताउँदै  भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धानदाता खटाउने व्यवस्था गर्ने बताएका छन् । बिहीबार संसदीय सुनुवाइ समितिमा बोल्दै कार्कीले कर्मचारीले पालना गर्ने आचरण सम्बन्धी व्यवस्था लागू गरेर अनुगमन गर्ने बताए । सेवाग्राहीबाट […]

मुख्यसचिवबाट शंकरदास बैरागीलाई हटाइयो, डा. बैकुण्ठ अर्याललाई ल्याइयो

काठमाडौँ । सरकारले मुख्यसचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । हाल मुख्यसचिव रहेका शंकरदास बैरागीलाई हटाएर उनको ठाउँमा बैकुण्ठ अर्याललाई ल्याएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । बैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको सुरक्षा सल्लाकारमा व्यवस्थापन गरेर अर्याललाई मुख्यसचिव बनाएको हो । हाल सचिव रहेका अर्याल २ असारमा अवकास पाउँदै छन् […]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ आज हुँदै

काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागिआज (बिहीबार) बोलाइएको छ । बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले आज बिहान  ८ बजेका लागि बोलाउने निर्णय गरेको हो। समितिले उजुरीकर्ताहरुसँग करिब २० मिनेटसम्म छलफल गरेको थियो। तर उजुरीको विषयमा छलफल हुन सकेन। त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको थियो । गत […]

कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्नुभएको हो । उहाँले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको […]

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ (दोङ), कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनुहुने गरी पाँच सदस्यीय उपसमिति गठन भएको हो । समितिको […]

विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा हुने बाढीपहिरो, भूकम्पलगायतका विपद्को समयम जनधनको क्षति न्यूनीकरण एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ सोमवार सम्पन्न भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर सुनसरीद्वारा इटहरीमा प्रदेशस्तरीय एकीकृत विपद् व्यवस्थापन ‘अभ्यास हातेमालो–५’ कार्यक्रममा सहभागीलाई विपद्पूर्वको तयारी र योजना र […]

एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई

काठमाडौँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा राजेन्द्र गौतमले पदभार ग्रहण गर्नु भएको छ । सोमवार दिउँसो पार्टी मुुख्यालय च्यासलमा एक कार्यक्रमकावीच एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा गौतमले प्रमुखको पदभार ग्रहण गर्नु भएको हो । स्थायी कमिटी सदस्य समेत रहेका नेता गौतमलाई पार्टीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । […]

कला तथा संस्कृति जान्न जरुरी छ, संरक्षणमा पनि जोड दिनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आइतवार अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.