एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई

एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई

काठमाडौँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा राजेन्द्र गौतमले पदभार ग्रहण गर्नु भएको छ । सोमवार दिउँसो पार्टी मुुख्यालय च्यासलमा एक कार्यक्रमकावीच एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा गौतमले प्रमुखको पदभार ग्रहण गर्नु भएको हो ।

स्थायी कमिटी सदस्य समेत रहेका नेता गौतमलाई पार्टीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । नेता गौतमले एमाले कोशी प्रदेश कमिटीको सचिव हुँदै अध्यक्ष र इन्चार्जको जिम्मेवारी सफलतापूर्वक बहन गर्नु भएको थियो । यस्तै उहाँले प्रेस चौतारी नेपालको इन्चार्ज पदकोे भुमिकासमेत निर्वाह गरिसक्नु भएको छ । यस्तै नेता गौतमले २२ वर्षअघि प्रचार तथा प्रकाशन विभागको सचिवको भूमिका पनि निर्वाह गर्नु भएको थियो ।

नेता गौतमले पदभार ग्रहण गर्दै भन्नु भयो, ‘प्रचार तथा प्रकाशन विभागमा सचिव भएर काम गरी साथीहरुलाई उक्त विभागको जिम्मेवारी दिएर पार्टीको काममा खटिएको थिएँ । २२ बर्षपछि प्रचार विभागको नितृत्व गर्ने अवसर पार्टीले प्रदान गरेकोमा नेतृत्व प्रति आभार प्रकट गर्दछु ।’
पदभार ग्रहण गर्ने क्रममा पार्टी महासचिव पोखेरेलले उहाँलाई कम्युनिस्ट झण्डा अंकित ब्याच लगाइ दिनु भएको थियो । प्रचार विभागका उपप्रमुख विष्णु रिजालले संगठनको माइन्युट नेता गौतमलाई हस्तान्तरण गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.