कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुल्यो

कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुल्यो

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले दुईवटा अध्यादेश जारी गरेका छन् । क्याविनेटको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले आज ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ जारी गरेका हुन् ।

नेपाल संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम कोशीको मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश ल्याइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए । दुई वटा अध्यादेश जारी भएसँगै अल्पमतमा परेको नेकपा एमालेबाट मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ ।

प्रदेश सरकारले हिजो संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै हिजो रातिबाट प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.