मुख्यसचिवबाट शंकरदास बैरागीलाई हटाइयो, डा. बैकुण्ठ अर्याललाई ल्याइयो

मुख्यसचिवबाट शंकरदास बैरागीलाई हटाइयो, डा. बैकुण्ठ अर्याललाई ल्याइयो

काठमाडौँ । सरकारले मुख्यसचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । हाल मुख्यसचिव रहेका शंकरदास बैरागीलाई हटाएर उनको ठाउँमा बैकुण्ठ अर्याललाई ल्याएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । बैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको सुरक्षा सल्लाकारमा व्यवस्थापन गरेर अर्याललाई मुख्यसचिव बनाएको हो । हाल सचिव रहेका अर्याल २ असारमा अवकास पाउँदै छन् । तर त्यसअघि नै उनलाई मुख्यसचिव बनाउने तयारी प्रचण्ड सरकारले गरेको हो ।

बैरागी यसअघि पनि केपी ओली सरकारका पालामा मुख्यसचिव बनेका थिए । त्यतिबेलाका मुख्यसचिव लोकदर्शन रेग्मीले स्वत अवकाश पाएका भए धनबहादुर तामाङ मुख्यसचिव बन्ने थिए । तर अवकाश अघि नै रेग्मीले राजीनामा दिएपछि बैरागीलाई मुख्यसचिव बनाइएको थियो ।

मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत बनाइएको थियो । अहिले अर्याललाई मुख्यसचिव बनाउन एनसेललगायतका शक्ति केन्द्रले तीव्र लबिङ चलाएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका लागि युवनाथ लम्साल, रुपक सापकोटालगायत दाबेदार रहेकाले बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाकारमा व्यवस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.