फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
पहिचानको नाममा गरिएको आक्रमणप्रति एमाले कोशी प्रदेश आक्रोशित

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश समितिले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहबाट पटक/पटक एमालेका नेताहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना र निन्दा गरेको छ । एमाले कोशी प्रदेश समितिका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि गरिएको आक्रमणप्रति निन्दा गर्नु भएको छ । […]

प्रचण्डविरुद्ध युद्ध अपराधसम्बन्धी माओवादी बाल सैनिकको रिट दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध परेको युद्ध अपराधसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । सर्बोच्च प्रशासनले दरपीठ गरेको रिट निवेदन दर्ता गरिपाऊँ भनी माओवादी जनयुद्धकालका बाल सैनिक लेनिन विष्टले दिएको निवेदनउपर सुनुवाइ गर्दै न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले मागबमोजिमको आदेश दिएको हो । बाल सैनिक लेनिन […]

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई सरकारले छुट नदिने बताएका छन् ।आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले कोशी प्रदेशमा आफ्ना नेताहरूलाई पहिचान पक्षधर भनिनेहरूबाट आक्रमण बढेको भन्दै गृहमन्त्रीको जवाफ मागेपछि उनले सो घटनामा संलग्नहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले असंवैधानिक, अलोकतान्त्रिक, अशान्ति र ध्वंसात्मक प्रकृतिको गतिविधिलाई राज्य र […]

‘कोशी प्रदेशमा पहिचानवादीहरूलाई उक्साइँदैछ, एमालेमाथि आक्रमण गरिँदैछ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कोशी प्रदेशमा पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीवार नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए । उनले कोशी प्रदेशमा सत्ता […]

‘राँगा र भैंसी विषयको लामो गफबाट गोबरबाहेक केही पाइँदैनँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधिसभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन् । उनले प्रतिनिधिसभा बैठकमा राँगा र भैंसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही […]

कोशी प्रदेश सरकारले गर्यो महत्वपूर्ण निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो । बैठकले […]

एमालेमा कार्यकर्ताको ओइरोः सवा लाख नयाँ सदस्यताको आवेदन

काठमाडौं । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो । पार्टीका माथिल्ला र तल्ला कमिटीका […]

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरुद्ध लागेको आरोपको पुष्टि गर्ने प्रमाण भेटिएन

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध लागेको आक्षेप आधारहीन उजुरी परेको देखिएको छ । केही दिन अघि उहाँविरुद्ध साइबर ब्यूरोमा साइबर सम्बन्धी उजुरी परेको थियो । अध्यक्ष बस्नेतले चलाउने मेसेन्जरबाट अस्वभाविक ढंगले कल, मेसेज गएको भन्दै उजुरी परेको थियो । त्यसमाथि भएको अनुसन्धानले त्यस्तो कुनै तथ्य, प्रमाण नभेटिएको ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले […]

पहिचानवादीसँग वार्ता गर्न कोशी प्रदेश सरकारले समिति गठन गर्यो

विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलन गर्दै आएकाहरूसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।बुधबार प्रदेश सरकारले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो । समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री […]

कोशी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश

विराटनगर । कोशी प्रदेशसभामा महालेखा परीक्षकको आर्थिक वर्ष २०७८र७९ को पाँचौँ वार्षिक प्रतिवेदन पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सो प्रतिवेदन पेश गरिएको हो । यसैबीच विशेषस समयमा नेकपा ९माओवादी केन्द्र० संसदीय दलको तर्फबाट सदस्य गणेशप्रसाद उप्रेतीले प्रमाणीकरण भएको नागरिकता विधेयकको विषयमा सङ्घीय संसद्मा भइरहेको विरोध राष्ट्रहितमा नरहेको बताउनुभयो । उहाँले नागरिकता विहीन […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.