विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा हुने बाढीपहिरो, भूकम्पलगायतका विपद्को समयम जनधनको क्षति न्यूनीकरण एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ सोमवार सम्पन्न भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर सुनसरीद्वारा इटहरीमा प्रदेशस्तरीय एकीकृत विपद् व्यवस्थापन ‘अभ्यास हातेमालो–५’ कार्यक्रममा सहभागीलाई विपद्पूर्वको तयारी र योजना र विपद्को दौरान र पश्चात विभिन्न तहमा गर्नुपर्ने कार्य योजना, कार्यान्वयनबारे ज्ञान तथा अभ्यास सम्बन्धमा छलफल एवं जानकारी गराइएको छ ।
सहभागीलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा स्पष्टता, प्रदेश र जिल्ला र स्थानीयको भूमिका र जिम्मेवारीको बारेमा जानकारी, विपद् प्रतिकार्य र मानवीय सहयोगको अवस्थामा सरकारी र गैरसरकारी सङ्घसंस्थाहरूसँग विभिन्न तहमा गर्नुपर्ने समन्वय र सहकार्यको संयन्त्रको विषयमा छलफल एवं अभ्यास गराइएको थियो ।
विपद्को दौरान र विपद्पश्चात जनशक्ति, स्रोत तथा साधनको परिचालनसम्बन्धी सम्बन्धित सबैको कर्तव्य र जिम्मेवारी तथा प्रदेश जिल्ला र स्थानीय तहमा विपद् प्रतिकार्यका लागि आवश्यक योजना गरी विभिन्न तहमा हुनसक्ने समस्या चुनौतीबारे जानकारी र समाधान उपायको पहिचान गर्नुपर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनधनको क्षति हुन नदिन नेपाली सेनालगायत सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै यसका लागि सरकारले आवश्यक नीतिगत प्रबन्ध र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सङ्घ, प्रदेश र स्थानीय निकायबीचको सहकार्यबाट विपद् व्यवस्थापनमा नागरिकको उद्धारमा महत्त्वपूर्ण सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले विपद्का समयमा स्थानीय जनताको सहयोगमा गरिने उद्धार, राहतले यस क्षेत्रमा हुने जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समयमा प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनाबाट मानिसको मृत्यु र अपाङ्गताको सङख्यामा वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि जनतामा ट्राफिक नियम सम्बन्धमा जनचेतना वृद्धि गर्नुपर्नेुमा जोड दिनुभयो ।
पूर्वी पृतनापति उपरथी डा आशबहादुर तामाङले अभ्यासको पूर्वतयारीले विपद् व्यवस्थापनमा सहयोग पुग्ने धारणा राख्नुभयो । सेनाका विपद् व्यवस्थापन विभागका सहायक रथी रवीन्द्र खत्रीले विपद् व्यवस्थापनका समयमा गर्नुपर्ने कार्यका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने धनकुटाका गणपति सुमन थापाले अभ्यास–५ का विषयमा जानकारी गराउनुभएको थियो ।
अभ्यास–५ मा नेपाली सेना, सशस्त्र प्रहरी, तीन तहका कर्मचारी, विभिन्न गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि सेनाको पृतना कार्यालयअन्तर्गतका १४ जिल्लामा जेठ १३ गतेदेखि २० गतेसम्म अभ्यास मनसुन–३ सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.