अपराध, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
राजविराज । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । आरोपितले रु सात लाख जरिवाना तिर्नुपर्ने र रु एक लाख ५० हजार पीडितलाई […]
काठमाडौं । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ […]
काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष […]
विराटनगर । दुरुत्साहन गरेको उजुरी परेका विराटनगरका दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका-३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका-४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो […]
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ। आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले विकलाई सार्वजनिक गरेको हो। विकलाई प्रहरीले हिजो शनिवार राति १० बजे झापाबाट पक्राउ गरेको थियो । विकले निराको हत्या गरेको स्वीकारेका छन् । पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्य दिएको […]
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालयका […]
विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ […]
विराटनगर । सीमावर्ती क्षेत्र जोगवनीमा लागुऔषध कारोबारीले अर्का एक कारोबारीलाई गोली हानेकोे खुलेको छ । गोली चल्दा एक जना घाइते भएका छन् । गोली हान्ने र गोली लागेर घाइते भएका दुवैजना लागुऔषध कारोबार गर्ने गिरोहका सदस्य भएको खुलेको छ । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा गोली चलेको हो । सोमबार […]
बिराटनगर । इलका प्रहरी कार्यालय रानीले अबैधरुपमा नेपाल ल्याउदै गरेको कुर्ता सुरुवाल अटो सपारी चालकलाई प्रकाउ गरेको छ । बिराटनगर महानगरपालिकाको वार्ड न. १३ को जतुवा नहर छेउ स्थित रानीबाट बिराटनगर आउदै गर्दा को २ ह १६२६ नम्बरको अटो सफारीबाट भारतीय सिमाबाट नेपाल ल्याउदै गरेको अबस्थामा प्रकाउ गरेको हो । सवारी सालक बर्ष ४१ को […]
बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले अबैधरुपमा नेपाल ल्याउदै गरेको सर्जिकल औषधी सपारी चालक भरियालाई प्रकाउ गरेको छ । बिराटनगर महानगरपालिकाको वार्ड न. ५ कोचाखालबाट एउटा को १ ह १३२५ नम्बरको सिटी सफारीबाट भारतीय सिमाबाट नेपाल ल्याउदै गरेको अबस्थामा प्रकाउ गरेको हो । सवारी सालक बर्ष ५६ को बिराटनगर महानगरपालिका वार्ड न. १२ स्थायी घर […]