निराको हत्या गर्ने विनोद विकलाई प्रहरीले सार्वजनिक गर्यो

निराको हत्या गर्ने विनोद विकलाई प्रहरीले सार्वजनिक गर्यो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ। आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले विकलाई सार्वजनिक गरेको हो। विकलाई प्रहरीले हिजो शनिवार राति १० बजे  झापाबाट पक्राउ गरेको थियो । विकले निराको हत्या गरेको स्वीकारेका छन् ।

पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्य दिएको जानकारीअनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन्। प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक÷पटक हानेर निराको हत्या गरेका थिए। निरा सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्।

पक्राउ परेका विक झापामा क्यासिनोमा काम गर्थे। त्यही क्रममा उनमा जुवा खेल्ने लत बस्यो। उनलाई तीन लाख रुपैयाँ ऋण लागेको थियो। त्यसपछि उनी झापा छोडेर काठमाडौं आएका थिए। काठमाडौंमा उनी नाइट क्लबमा बाउन्सरको काम गर्थे। सोझो हिसाबले काममात्र गर्दा खर्च चलाउन र ऋण तिर्न नसकेपछि आफू लुटपाटमा लागेका उनले प्रहरीलाई बयान दिएका छन्।

निराको पसलमा लुटपाट गर्न जाँदा प्रतिकार गरेपछि हत्या गरेको अभियुक्तले स्वीकारेका छन् । हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.