फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार
काठमाडौं । नीति, कार्यक्रम र बजेटमा पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको प्रदेश सरकारले बागलुङको बिहुँ–नरेठाँटी र म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको सङ्घ सरकारले समेत अध्ययन गरिहेकाले तीन सुरुङमार्गको मात्र पूर्वसम्भाव्यता अध्ययन गर्न लागेको हो । सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनका लागि रु […]
लुम्बिनी । गौतमबुद्धको मावली क्षेत्र रूपन्देहीको देवदहमा प्राचीन इनार र मध्यकालीन अवशेषहरू फेला परेका छन्। कोलिय गणराज्यको दरबारक्षेत्र दाबी गरिएको देवदह खयरडाँडामा लुम्बिनी विकास कोषले गत जेठ १७ गतेदेखि उत्खनन् थालेको थियो। उत्खननको क्रममा कोलिय गणराज्यको दरबार क्षेत्र रहेको भन्ने दाबीलाई थप बलियो बनाउने गरी प्राचीन इनार र मध्यकालीन अवशेषहरू भेटिएको लुम्बिनी विकास कोषका पुरातत्व […]
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो । परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताउनुभयो । उहाँले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई […]
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । सोमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो । निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुको इन्धन शुल्क पनि घटाएको हो । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चालाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा न त […]
काठमाडौँ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको १२ र १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थापक शेयरधनीबाट ४ र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरी ६ जना संचालक चयन गर्दे बुधबार साधारणसभा सम्पन्न भएको हो । साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट सुदिप खड्का, रजनि थापा, सुदिप राज गौतम र विजि ग्रुप प्रा। लीको प्रतिनिधि […]
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ । कञ्चनजङ्घा अवलोकन गर्न पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने भएको हो । फक्ताङलुङ गाउँपालिकाले गत आइताबार १३ औँ गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पर्यटकको स्वास्थ्य संवेदनशीलतालाई दृष्टि गरी कञ्चनजङ्घा आधार शिविरसहितका […]
अंकित बिष्ट, बिराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र मोरङ व्यापार संघको महिला उद्यम समितिको संयुक्त आयोजनामा त्रिदिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ । दुबै संस्थाले अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा निःशुल्क योग शिविरको आयोजना गरेका हुन् । व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट डा. हिमांशु देवले योगासन, प्राणायाम र ध्यानको अभ्यास गराएका थिए । […]
अबिजाल बिष्ट, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताउनु भएको छ । प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले कोशी प्रदेशको प्रथम आवधिक योजना सकिन […]
काठमाडौं । सूचना तथा प्रसारण विभागले केही वितरक संस्थाले ग्राहकबाट अतिरिक्त शुल्क लिन थालेको भन्दै सो कार्य तत्काल बन्द गर्न भनेको छ । सरकारको उद्देश्यविपरीत इन्टरनेट र टेलिभिजन वितरणको शुल्क छुट्याउने नाममा थप शुल्क उठाइरहेको भन्दै अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न भनेको हो । केही वितरक संस्थाले उपभोक्तामा पर्ने शुल्कभार कम गर्ने नेपाल […]