अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, विकास संचार, समाचार
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु. एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले कोशी प्रदेश […]
काठमाडौं । अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको दाबी गरेको छ । आज सार्वजनिक गरिएको प्रतिष्ठानको ‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एसिया क्षेत्रमासमेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको हो । एकीकृत विकास अध्ययन केन्द्र (आइआइडिएस), बहुपक्षीय प्राविधिक […]
बाहुनडाँगी । झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात लाखभन्दा बढीको दूध बिक्री भइरहेको निरौला कृषि तथा पशु फार्मका सञ्चालक केदार निरौलाको भनाइ छ । उहाँले यहाँका गाईफार्ममा न्यूनतम ३० देखि अधिकतम दुईसय वटासम्म उन्नतजातका […]
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश अन्तर्गतका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएको छ । प्रदेश सरकारले यसवर्ष बाढीपहिरोबाट ६८ हजार नौ सय ११ घरधुरीका तीन लाख एक हजार एक सय ४३ जनसङ्ख्या प्रभावित हुने समेत अनुमान गरेको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० अनुसार कोशी प्रदेशमा झापा, मोरङ, सुनसरी, […]
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको गुनासो सांसदहरुको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको मन्त्रालयगत छलफलमा भाग लिनुभएका सांसदहरूले पहुँचका आधारमा बजेट बाँडिएको, टुक्रे र साना योजनाका लागि पनि सङ्घबाट बजेट छुट्याइएको, पूर्वतयारी नभएको र विस्तृत परियोजना प्रतिवेदन नै नबनेका आयोजनालाई […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा आज वादीहरुको तर्फबाट सरकारी एवं निजी वकिलहरुले जवाफी बहस गरेका छन् । उनीहरुले यो प्रकरण सरकारीस्तरमै भएको संगठित अपराध भएको पटक पटक जिकिर गरे । गृह मन्त्रालय र यसको नेतृत्व नै यस प्रकरणमा लागेको उनीहरुको दाबी थियो । सरकारीस्तरमै सबै काम भएकाले पीडितहरुले […]
दिक्तेल । खोटाङका तीन स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सञ्चालन हुने भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र एसियाली विकास बैंक ९एडिबी० को आर्थिक लगानीमा आर्थिक वर्ष २०८०र८१ देखि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी गाउँपालिकामा सञ्चालन हुने भएको हो । फलफूल बालीको बगैँचा […]
विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०८०र८१ क लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेट सार्वजनिक गरेको छ । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख […]
विराटनगर । कोशी प्रदेश सरकारले पनि सांसद क्षेत्र विकास कोष कार्यक्रम लागू गरेको छ । सांसद क्षेत्र विकास कोष कार्यक्रमका लागि कोशी प्रदेश सरकारले लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको हो । बिहीबार आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट पेस गर्दै प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मतकुमार कार्कीले सांसद क्षेत्र […]
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले दुईवटा अध्यादेश जारी गरेका छन् । क्याविनेटको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले आज ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ जारी गरेका हुन् । नेपाल संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम कोशीको मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश ल्याइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए । […]