फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई […]
विराटनगर । २०८१ सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो […]
विराटनगर । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । जिल्लामा दुई सय ८९ […]
विराटनगर । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ […]
विराटनगर । मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ । स्वस्थानी व्रत र साँखु शालिनदी मेला आजदेखि सुरू भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । मेलामा महिला, पुरूष र सात जना पूजारी गरी दुई […]
विराटनगर । राष्ट्र बैंकको अध्ययनबाट कोशी प्रदेशमा कृषिजन्य भूमिको क्षेत्रफल घटेको देखिएको छ । बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को […]
विराटनगर । सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली प्रवेश गरेका छन् । खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २–१ गेलले हराउँदै बुल्स–११ सेमिफाइनलमा पुगेको हो । बुल्सका लागि रोशनकुमार माझीले दोस्रो हाफको सातौँ मिनेटमा र ३०औँ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीतलपाटीका तर्फबाट […]
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा नालीमा डुबेर एक बालिकाको निधन भएको छ । स्थानीय ६ वर्षीया बालिका सिरिजा उराँवको नालीको पानीमा डुबेर निधन भएको हो । शुक्रवार दिउँसो खेतमा पानी लगाउन नालीमा भरिएको पानीमा डुबेर उराँवको मृत्यु भएको हो। दिउँसो आमा बाबा पानी पटाउन खेतमा गएको र सँगै गएकी छोरी […]
विराटनगर । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन […]
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि दिन अघि पक्राउ पुर्जी जारी भएको थियो । एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । एसपी नारायण चिमोरियाले आज […]