फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
बिराटनगर । कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सँहाल्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ग बाट सपथ ग्रहण पछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । उहाँले आफनो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता जनाउनुभएको छ । कर्मचारीहरुलाई काम र पारदर्षितामा बिश्वास गर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो […]
विराटनगर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गार्ड अफ अनर’बाट सम्मान गरिएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको हो । प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरे । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो […]
बिराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्ने माननिय विदुर कुमार लिंथेप नियुक्त भएका छन् । मुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मत कुमा र कार्कीले लिंथेपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । हालसम्म प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रेवतीरमण भण्डारी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएपछि रिक्त पदमा […]
कार्तिक, बिराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमालेले मात्र जनताको भावना बुझेर देशको बिकास गर्न सक्ने पार्टी र जनताको रोजाइको पार्टी भएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय समिति छैटौँ पूर्ण बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले एमाले जनताको बीचमा लोकप्रिय भएपनि एक्लै देश सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउनु […]
विराटनगर, कात्तिक । मोरगं जिल्लामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले ग्रामथान गाउँ पालिकाको कार्यालयमा कार्यालय रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाघाटन गर्नु भएको छ । कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलिय छलफल गर्नु भएको […]
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्त दाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । आज नेकपा एमाले मोरङको सभाहलमा बसेको महानगर कमिटीको पहिलो पूर्ण बैठकले कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा विरामीहरुको लागि अस्पतालहरुमा भइरहेको रगत अभावलाई मध्ये नजर गर्दै महानगर भित्रका पार्टी […]
बिराटनगर । दुहबी र रामधुनी नगरपालिकामा औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको जानकारी तथा वृत्ति परामर्श, लक्षित युवाहरुको ठुलो सहभागिता रहेको छ । स्विजरल्यान्ड सरकारको सहयोगमा नेपाल सरकारद्वारा संचालित ENSSURE-दोस्रो परियोजना अन्तर्गत प्रि-डिप्लोमा तहको २४ महिने नि:शुल्क औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रममा सुनसरीका दुहबी र रामधुनी नगरपालिकाले आफ्नो नगरवासी युवाहरुलाई उक्त कार्यक्रममा जोड्नका लागि कार्याक्रमको सूचना तथा सम्बन्धित विषयको […]
बिराटनगर । अबिरल बर्षातको कारण देश भरि धन, जन लगायत भौतिक क्षति हुन पुगेको बेला बाढी र पहिरोमा परी अप्ठयरो परेकाहरुलाई नेकपा एकाले कोशी प्रदेश कमिटीले राहत र उद्धारमा लाग्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको हस्ताक्षर विज्ञप्ति भनिएको छ –विपद् प्रतिकार्यमा जुट्न सबै नेता तथा कार्यकर्ताहरू […]
विराटनगर । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको बताउनुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक […]
विराटनगर । कांग्रेस एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । सरकारमा तत्काललाई संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मात्रै मन्त्री पठाएको देखिन्छ । प्रदेश महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा […]