फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, स्वास्थ्य
निरु प्रजापति, विराटनगर । इस्र्टन क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ । मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई भेला गरेर सो तालिमको आयोजना गरिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँप्रविधि हाइपेक सञ्चालनमा आएको बताउँदै यसले […]
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो । खोप अभियान फागुन १३ गतेदेखि चैत […]
बिराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगर महानगरपालिकाका ३०५ जनाको आँखाको परीक्षण र ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । मञ्चले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसितको सहकार्यमा आँखाको निःशुल्क परीक्षण र शल्यक्रिया गराएको हो । मञ्चले बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण गरेको छ । मञ्चका आयोजनामा महानगरपालिकाको वडा नम्बर १ स्थित सयपत्री आधारभूत विद्यालयमा भएको […]
काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुदन राउतको मृत्यु भएको थियो ।राउतको गोली लागेर मृत्यु […]
काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । उनको उपचारका […]
मध्यविन्दु । (नवलपरासी -बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा आइतबार जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । दुर्घटनामा […]
विराटनगर । एशोसियशन अफ प्राइबेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले जाजरकोट भुकम्प पीडितका लागि सहयोगको हात अघि बढाएको छ । अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्कीले एक विज्ञप्ति जारी गर्दै एसोसियसनअन्तर्गत रहेका १५ मेडिकल कलेज र २ वटा डेन्टल कलेजमा आएका घाइतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरिएको उल्लेख गरेका छन् । विराट नर्सिङ होमका […]
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगरको एक आधारभूत विद्यालयका ७० विद्यार्थीको दाँत तथा मुख परीक्षण गरी विद्यार्थीलाई डेन्टल किट्ससमेत वितरण गरेको छ । मञ्चले विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटमा रहेको सयपत्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै मञ्चले परीक्षण शिविरको सञ्चालन गरेको हो । कार्यक्रम संयोजिका विन्दु अटलका अनुसार शिविरमा दन्तविशेषज्ञद्वय दीपेन्द्र […]
बिराटनगर । पुर्ब सुबिधा सम्पन्न स्वास्थ्य क्षेत्रको एक मात्र विराटनगरस्थित विराट नर्सिङ होमले बिभिन्न हेल्थ प्याकेज सन्चालन गर्दै आएको छ । यस क्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरी बिद्यार्थीहरुको लागि स्वास्थ्य ‘हेल्थ रेकर्ड बुक’ सन्चालनमा ल्याएको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले बिद्यार्थी लक्षित स्वास्थ्य प्याकेजका रुपमा ‘हेल्थ रेकर्ड बुक’ विराट नर्सिग होमले ल्याएको […]
धरान । डेंगु संक्रमणले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ ।शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन्त्रालयमा सिफारिस गरेको हो । धरानमा डेङ्गीको सङ्क्रमण तीव्र बनेकाले स्वास्थ्य आपत्काल घोषण गर्न […]