फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार, समाज
विराटनगर। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोशी प्रदेश सभाको चालु छैठौँ अधिवेशन आज राति १२ बजेबाट अन्त गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले बैठक अन्त्य गर्ने निर्णय गरेको हो। उहाँका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत […]
विवेक यादव, बिराटनगर । सशस्त्र प्रहरीले गर्ने नियमित सिमा गस्तिबाट अबैधरुपमा चोरी निकासी न्युन भए पछि बिराटनगर भन्सार कार्यालयको राजश्वमा नियमित मासिक संकलनमा बृद्धि भएको तथ्यागंले देखाएको छ । सिमामा रहेको सशस्त्र प्रहरीले नियमित सिमा गस्ती गर्न थाले पछि भन्सार छली र चोरी निकासीमा केही नियन्त्रण हुन थालेको भन्सार अधिकृत तथा सुचना प्रबक्ता सुमित गुप्ताले […]
विराटनगर । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी […]
बिराटनगर । सहमतिबाट नेतृत्व चयन गर्न नसकिने भएपछि नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट नेतृत्व चयनको लागि दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी ओलीसहित नेतााहरुको समर्थन पाएका राजकुमार ओझा र एमालेका सल्लाहकार रहेका विनोद ढकालको समर्थन पाएका अजम्बर राईको नेतृत्वमा सोमबार छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता भएको हो । निर्वाचनमा प्यानल […]
बिराटनगर । राजाले सुनको ट्र्रफि बनाए तर लोकतन्त्रको रैतिले त्यो सुनलाई सेतो बनाए । सुनको ट्र्रफि हराए पछि निरीह भनेको आयोजक समितीले कुनै उत्तर नदिई सेतो भएपनि खेल खेलाउने लज्जास्पद उत्तर दिएको छ । विराटनगरमा विसं २०१८ सालदेखि बर्सेनि आयोजना गर्ने गरी महेन्द्र गोल्डकप नाम राखेर प्रतियोगिता आरम्भ गरिएको थियो । लोकतन्त्र स्थापनापछि भने प्रतियोगिताको […]
विराटनगर / आयोजक मोरङ एफसीले विराट गोल्डकपको उद्घाटन खेलमा पाहुना टोली भारतको साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३/२ गोल अन्तरले पराजित गरेको छ । मोरङले विराटनगरको शहिद मैदानमा भएको रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलमा पाहुना टोली भारतको साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३/२ गोल अन्तरले पराजित गर्दै आयोजक मोरङले संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा प्रवेश […]
विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए । ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ […]
विराटनगर / गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडासहित स्टेशनरी सामग्री वितरण गरेको छ । प्रतिष्ठानले खोटाङ जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ इँजारास्थित श्री राम्चे निकेतन माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयमै पुगेर न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कवि एवं पत्रकार मीनकुमार नवोदितले जानकारी […]
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नै भवनको शिलान्यास गरेर आफनो नियमित काम शुरु गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सातौं प्रदेश सभाको अवसरमा पारेर भवन शिलान्यास गरिएको छ । भवनको शिलान्यास प्रमुख अथिति नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल महासँघ कोशीका अध्यक्ष राजेन्द्र राउत लगायतले गरे […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्र्कीले बिराटनगरमा सन्चालन भएको एक्स्पोको समापन कार्याक्रममा स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ । उद्योग संगठन मोरङद्वारा आयोजित, –‘ विराट एक्स्पो–२०२५’ को समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै उनले स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धि कायम हुने बताए […]