Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
अन्तरवार्ता

३ लाख दर्शक सहभागि गराउने लक्ष्य सहित विराट एक्स्पोको तयारी पुरा

2017 Feb 20 5:28 PM 124

विज्ञापन

Birat Cancer Hospital
३ लाख दर्शक सहभागि गराउने लक्ष्य सहित विराट एक्स्पोको तयारी पुरा

आगामी बुधबारबाट शुरु हुने भनिएको विशाल कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो २०७३ को तयारी पुरा भएको छ। सिडिओ, एसपी, डिआईजी लगायतका सरोकारवाला निकाय सहितको सल्लाहकार समितिले आवश्यक सुझाव दिएसँगै आयोजक उद्योग संगठन मोरंगले एक्स्पोलाई ऐतिहासिक बनाउने दिशामा तयारी भएको जनाएको छ। “आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार” नामक मूल नारा दिइएको प्रदर्शनीबारे बिराट खबरका सम्पादक विपी कोइरालाले उद्योग संगठन मोरङका कार्यकारी सदस्य तथा विराट एक्स्पोका प्रचार प्रसार संयोजक नन्दकिशोर राठीसँग गरेको विशेष कुराकानी:

लामो समयको अन्तरालपछि प्रदर्शनीको आयोजना गर्नुभएको छ। कृषि तथा औद्योगिक प्रदर्शनी गर्ने अवधारणा कसरी आयो? हामीले २०५५ सालमा प्रथम प्रदर्शनी गरेका थियौँ । यो विचमा २ वटा प्रदर्शनी भए तर यस पटक हामीले नेपालको प्रमुख आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि तथा पर्यटन र उद्योगलाइ लक्षित गरेर विशाल प्रदर्शनी गर्ने लक्ष्य राखेका छौं। ३ लाख प्रदर्शक लाभान्वित हुने अपेक्षा राखेका छौं।

नेपाल कृषि प्रधान देश । अनेकौं प्रदर्शनीहरु बेलामौकामा नभएका होइनन । यस प्रदर्शनीबाट चाहीँ नयाँ के अपेक्षा गर्ने? हाम्रा स्वदेशी उत्पादनहरुको निकै महत्व छ। सबै प्रमुख स्वदेशी उत्पादन एकै थलोमा हुनेछन् जसमा तपाइ हामीलाई धेरै रोजाईको बिचमा राम्रो चिज खरिद गर्ने अवसर मिल्नेछ भने स्वनिर्भर बन्न समेत एक्स्पोले प्रेरणा दिनेछ। औद्योगिक क्षेत्रले लगानी गर्ने भरपर्दो वातावरण बन्नेछ । कसरी बन्छ वातावरण ? कृषिको व्यवसायीकरण तथा औद्योगिक क्षेत्रको विकासका लागि नयाँ प्रविधि र उत्पादनबारे जानकारी आवश्यक छ। प्रदर्शनीले उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बिस्तार गर्दै कृषि तथा औद्योगिक क्षेत्रमा लगानी मैत्री वातावरणको सिर्जनामा सहयोग पुर्याउँछ। ऐतिहासिक मेला बनाउने दिशामा तयारी भएको छ।

यो मेलालाई ऐतिहासिक बनाउने आधारहरु के के छन् त ? यसमा मन लोभ्याउने मात्र नभएर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सबैलाई लाभ हुने किसिमका २ सय ५४ स्टलहरु रहेका छन्। जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरयासी सामाग्रीहरु, गार्मेन्ट, खाद्य पदार्थ लगायतका वस्तुहरु राखिने छ। जुम्लाको कृषि उत्पादन देखि हिमालको चौरीगाई समेत ल्याउने व्यवस्था गरिएको छ। पर्यटनलाइ लक्षित गरेर नेपाललाई विश्वमा चिनाउने हिमश्रृंखलाहरु अवलोकन गराउन माउन्टेन उडानको व्यवस्था छ। यो मेला बेरोजगारहरुको लागि रोजगारीको वातावरण मिलाउने मेला पनि हुने छ।

प्राय मेलाहरु मालसामान बेच्ने थलोको रुपमा परिचित बन्दै गएका छन्। यो मेलाका दर्शकहरुले के अपेक्षा गर्ने ? मेलाको स्वयं प्रधानमन्त्रीबाट उद्घाटन हुने कार्यक्रम छ। अन्य मन्त्रीहरु तथा सरोकारवाला निकायका अधिकारीहरुको पनि उपस्थिती हुने छ। यो कार्यक्रम बृहत छलफल र अध्ययनको परिणाम स्वरुप आएको हो। यसले उत्पादनहरुको वजार प्रबद्र्धनमा सहयोग मिल्ने छ। कृषि तथा औद्योगिक क्षेत्रमा लगानी मैत्री वातावारण बनाएर आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य भएकाले दर्शकहरु यसबाट लाभान्वित हुनेमा दुइमत छैन।

अन्त्यमा प्रदर्शकहरुका लागि केही भन्नु छ? हेर्नुस यो प्रदर्शनीले आर्थिक, सामाजिक, पर्यटन, सांस्कृतिक आदि क्षेत्रको प्रवर्दनमा ठुलो भूमिका निर्वाह गर्नेछ।हरेक उमेर समुहका लागि मनोरञ्जनका विभिन्न साधनहरु रहेका छन्। नयाँ प्रविधि र उत्पादनबारे जानकारी प्राप्त हुनेछ। विभिन्न स्वदेशी उत्पादन तथा परिकारहरु एकै थलोमा प्राप्त हुनेछ। यस्तो अवसरबाट वञ्चित नहुन सबैलाइ आग्रह गर्दछौं ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?