Live
| आइतबार, बैशाख ६, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

विराटनगरका विद्यार्थी र अभिभावकको रोजाई 'हेरीटेज ईन्टरनेश्नल स्कुल'

2024 Apr 24 9:56 AM 83

विज्ञापन

Biratkhavar
विराटनगरका विद्यार्थी र अभिभावकको रोजाई 'हेरीटेज ईन्टरनेश्नल स्कुल'
विराटनगर । विराटनगरको बरगास्थित हेरीटेज ईन्टरनेश्नल स्कुलले शैक्षिक,खेलकुददेखि सबै विधामा उत्कृष्ट रुपमा अघि बढाएको छ । १९ वर्षदेखि विभिन्न विद्यामा निरन्तर शतप्रतिशत नतिजा ल्याउने विराटनगरको सर्वोत्कृष्ट स्कुलहरूको सूचीमा रहेकाे हेरीटेज ईन्टरनेश्नल स्कुल हरेक गतिविधिमा अब्बल बनेको छ । हेरीटेज इन्टरनेशनललले आधुनिक सिकाइ, संयोजनलाई प्राथमिकता दिएको छ । गतिशील दृष्टिकोणको साथ अत्याधुनिक शिक्षण पूर्वाधार तयार पारेको छ । विद्यार्थीको रचनात्मकता र अन्तरक्रियालाई स्कुलले जोड दिँदै आएको छ । हेरीटेज ईन्टरनेश्नल स्कुलको भौतिक पूर्वाधारमा सुविधाजनक पूर्वाधारहरूले मात्र शैक्षिकस्तर उकास्न सक्छ भन्ने बुझाइ छ । कक्षाकोठामा इन्टरनेट, स्मार्टवोर्ड र एआई जस्ता नवीनतम प्रविधिको प्रयोगले विद्यार्थीको पढाई रोचक, आकर्षक र जिवन्त बनाउने गरिएको छ । आफ्नो क्षमता अनुसारका नयाँ इनोभेसन गर्ने सुविधा विद्यार्थीहरुलाई मेकर्स ल्याबमा हुन्छ । स्कुलमा प्रविधिमैत्री, उज्याला र फराकिला कक्षाकोठाहरू छन् । कक्षाकोठामा विद्यार्थी बस्ने बेन्चहरू, पढ्ने टेबलहरू उनीहरुको शारीरिक अवस्था हेरेर फरकफरक खालको व्यवस्था मिलाइएको छ । गुणस्तर शिक्षाका लागि एउटा कक्षामा सिमित संख्यामा मात्र विद्यार्थीहरु राखिन्छ । आवश्यक वैज्ञानिक उपकरणसहितको विज्ञान प्रयोगशाला छ । स्कुलमा आधुनिक पुस्तकालय छ । हेरीटेजले कक्षाकोठा भित्र मात्र होइन समग्र स्थानमा अवसर हुनुपर्छ भन्ने मान्यता राख्छ । त्यसैले सांस्कृतिक र अतिरिक्त क्रियाकलापमा स्कुलले जोड दिँदै आएको छ । वार्षिक रुपमा हेरीटेजले आयोजना गर्दै आएको मेला, आर्ट, लेखन, नाटक, विज्ञान प्रदर्शनी, म्युजिक, डान्स, बौद्धिक कार्यक्रमहरुले विद्यार्थीहरुको समग्र क्षेत्रको क्षमता विकासमा मद्दत गर्दै आएको छ । विद्यालय तहदेखि नै सामाजिक काममा उत्त्प्रेरित गराउनुपर्छ भन्ने मान्यताअनुसार स्कुलले विद्यार्थीहरूलाई त्यस्ता गतिविधिहरूमा पनि संलग्न गराउँछ । ‘सर्भिस लर्निङ’ अन्तर्गत स्थानीय संघसंस्थाहरुसँग मिलेर सामाजिक काममा विद्यार्थीहरु संलग्न हुँदै आएका छन् । हेरीटेज ईन्टरनेश्नल स्कुल खेलकुदमा पनि अब्बल हुने मान्यताका साथ अघि बढेको छ । त्यसैले विद्यालयस्तरीय धेरै प्रतियोगिताहरूमा यो विद्यालयले उत्कृष्टता हासिल गरिसकेको छ । त्यसैले अतिरिक्त क्रियाकलापको रुपमा स्वीमीङ, फुटसल, कराँते, लगायतमा पनि विद्यार्थीलाई जोडेको छ । विद्यार्थीहरुको बौद्धिक एवं शारीरिक तन्दुरुस्तीको लागि उमेर सुहाउँदो अतिरिक्त क्रियाकलापहरू गराउँछ । पौडी, फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टनजस्ता खेलहरू तालिम प्राप्त प्रशिक्षकद्वारा गराउँछ । त्यसैले विद्यालयस्तरीय प्रतियोगिताहरूमा हेरीटेजको अब्बल नतिजा आइरहेको छ

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान