Live
| शनिबार, कार्तिक ७, २०८३
EN
arya newro
BiraKhabar
ट्रेन्डिङ समाचार, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज

मोरङ कारागारका कैदीको मृत्यु

2026 Feb 26 6:54 PM 249

विज्ञापन

Birat Cancer Hospital
मोरङ कारागारका कैदीको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–३ का ३७ वर्षीय सनम तामाङको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासक गौरव ढुङ्गेलका अनुसार मंगलबार राति करिब १० बजे तामाङलाई एक्कासी गम्भीर श्वासप्रश्वास समस्या देखिएपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचार जारी रहँदै गर्दा बुधबार राति उनको निधन भएको हो।

ढुङ्गेलका अनुसार तामाङलाई पहिलेबाटै स्वास्थ्य समस्या थियो र उनी नियमित औषधि सेवन गर्दै आएका थिए। पछिल्लो समय स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गर्ने तयारीसमेत गरिएको थियो। बिहीबार बिहान काठमाडौं लैजाने योजना भए पनि त्यसअघि नै उनको मृत्यु भएको प्रशासनले जानकारी दिएको छ।

तामाङ लागूऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए। जिल्ला अदालत मोरङले उनलाई दुई वर्ष छ महिना कैद सजाय सुनाएको थियो। अदालतको आदेशपछि २०८१ असोज १६ गते कारागार पठाइएका उनी २०८३ माघ २७ गते रिहा हुने तय थियो।

हाल जिल्ला कारागार मोरङमा १ हजार १७५ कैदीबन्दी रहेका छन्, जसमा १०२ जना महिला रहेको प्रशासनले जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला