Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति

स्थानीय जनताको बुटबलमा बालेनलाई प्रश्न -रुखमा बाँध्नुपर्ने ठेकेदार तौफिकलाई किन टिकट दिएको ?

2026 Feb 22 2:22 PM 291

विज्ञापन

Birat Cancer Hospital
स्थानीय जनताको बुटबलमा बालेनलाई प्रश्न -रुखमा बाँध्नुपर्ने ठेकेदार तौफिकलाई किन टिकट दिएको ?

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार भनिएका बालेन्द्र साहले उँधोमुन्टो लगाएर रुखमा झुण्ड्याउनुपर्ने ठेकेदारलाई रुपन्देही क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यको टिकट राष्ट्रिय स्वतन्त्र पार्टी दिएको छ । 

साहले दुई दिनअघि धनगढीमा आयोजित चुनावी सभामा अलपत्र पार्ने ठेकेदारलाई रुखमा बाँधेर राख्नुपर्ने बताएका थिए । रुपन्देही क्षेत्र नं. ५ का रास्वपा उमेदवार तौफिक खान बुटवलमा सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार हुन् ।

बुटवल बजार क्षेत्रमा सडक विस्तारको कामको जिम्मा लिएको पहिलो ठेकेदार द कन्चन्जंघा बिरुवाले काम अलपत्र पारेपछि दोश्रोपटक टेण्डर गरिएको थियो । पुरानो ठेक्का तोडिएपछि गरिएको दोश्रो टेण्डर २०८१ साल असोज १८ गते बाबुल दर्शन मालिका जे भीसँग एक बर्षमा सिध्याउने गरी नयाँ ठेक्का सम्झौता गरिएको थियो । बाबुल दर्शन रास्वपा उमेदवार तौफिक खानको कम्पनी हो । अहिले उनले उक्त कम्पनी भाइलाई जिम्मा लगाएर चुनाव प्रचारमा लागेका छन् ।

दोश्रो पटक ठेक्का लगाउँदा एक वर्षमा सम्पन्न गर्ने गरी बाबुल दर्शन मालिका जेभीले भ्याटसहित ३३ करोड रुपैयाँमा सडक निर्माणको सम्झौता गरेको थियो । तौफिक आफैले सडकको ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् । गत असोजमा सम्पन्न हुनुपर्नेमा नसकेपछि सो कम्पनीलाई ६ महिना म्याद थप भैसकेको छ ।

२०७३ सालमा सडक निर्माणको काम द कञ्चनजङ्घा बिरुवा जे भी काठमाडौँले ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा ठेक्का सम्झौता गरे पनि ८ वर्षमा पनि पुरा नगरेपछि ठेक्का तोडिएको थियो । दोश्रो ठेकेदार पनि चुनावतिर लागेपछि कहिले पुरा हुने हो अन्यौल नै देखिएको छ । बालेन्द्रले दुई बर्षमा बन्नुपर्ने सडक डेढ बर्षमै पुरा हुनुपर्ने भन्दै धनगढीमा ‘सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्नेहरूलाई रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ काम गराउनुपर्छ’ भनेका थिए । रुखमा बाँधेर काम गराउनुपर्ने ठेकेदार सडक अलपत्र पारेर बालेन्द्रलाई प्रधानमन्त्री बनाउन चुनावमा होमिएका छन् । चुनावपछि बालेन्द्रले तौफिकलाई रुखमा बाँध्छन् कि म्याद थप्न लगाएर पुरस्कृत गर्ने हुन् त्यो त हेर्न बाँकी नै छ । 

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न