Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

महाशिवरात्रिमा केपी ओलीको सन्देश: ‘आत्मबोध र संयमको मार्ग देखाउँछ पशुपतिनाथ’

2026 Feb 15 2:11 PM 64

विज्ञापन

Birat Cancer Hospital
महाशिवरात्रिमा केपी ओलीको सन्देश: ‘आत्मबोध र संयमको मार्ग देखाउँछ पशुपतिनाथ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिलाई उपवास, जागरण र अन्तर्मनसँग संवाद गर्ने पर्वका रूपमा व्याख्या गरेका छन्।

महाशिवरात्रि पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले पशुपतिनाथले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सहँदै पनि शान्त रहने धैर्य, र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश दिएको उल्लेख गरेका छन्।

उनले ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने तथा लोभ, क्रोध, मोह र अहंकारबाट मनलाई निकालेर स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ भएको बताएका छन्।

अध्यक्ष ओलीले सत्य बाहिरको कोलाहलमा होइन, भित्रको विवेकमा निहित रहने उल्लेख गर्दै महाशिवरात्रिको दिन सबैले विवेकको सत्य भेटून् र आत्मबोधको ज्योति प्रज्ज्वलित होस् भन्ने कामना गरेका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?