Live
| शनिबार, कार्तिक ७, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी, तर यथार्थ एस्तो, यस्तो सल्याक्र्रिया नेपालमा असम्भव

2026 Feb 4 9:30 PM 148

विज्ञापन

Birat Cancer Hospital
डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी, तर यथार्थ एस्तो, यस्तो सल्याक्र्रिया नेपालमा असम्भव

विराटनगर। नियमित चेकजाँचका क्रममा मुटुको धमनी बन्द भएको पाइएपछि बिराट नर्सिङ होम र बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष एवं बरिष्ठ चिकित्सक डा.ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रिया  (Bypass Surgery) सफल भएको छ। मुटुमा समस्या देखिएपछि उनी भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि पुगेका थिए।

उनको बन्द भएको धमनी ’ब्लकेज’ अपरेशनपछि खुलेका कारण स्वास्थ्यमा सुधार आएको छ। डा. कार्कीले समेत आफ्नो स्वास्थ्यमा व्यापक सुधार भएको जानकारी भिडियो सन्देशमार्फत दिएका थिए। भिडियो मार्फत भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको कुरा बाहिर आएपछि हाल सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विभिन्न अड्कल र टिप्पणीहरू सार्वजनिक भइरहेका छन्।

तीमध्ये केही सामग्रीमा डा. कार्कीले आफ्नै हस्पिटल वा देशको स्वास्थ्य प्रणालीमा विश्वास नगरेको जस्तो अर्थ लाग्ने ढंगले प्रस्तुत गरिएको छ। तर उपलब्ध तथ्यहरू हेर्दा ती व्याख्याहरू यथार्थसँग मेल नखाने देखिन्छन्। हालै डा. कार्कीलाई गम्भीर कोरोनरी धमनी अवरोध देखिएपछि  CABG (कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ) शल्यक्रिया आवश्यक भएको थियो। यो सेवा हाल बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र बिराट नर्सिङ होममा उपलब्ध छैन।

वरिष्ठ मुटु रोग विशेषज्ञहरुका अनुसार, यस्तो जटिल शल्यक्रियाका लागि केवल मुटु शल्य चिकित्सक मात्र नभई विभिन्न अत्याधुनिक उपकरण साथै विशेषज्ञहरूको समन्वित टोली आवश्यक पर्छ, जुन सेवा नेपालमा अझै केही सीमित केन्द्रमा मात्र सम्भव रहेको र नेपालका वरिष्ठ मुटु रोग विशेषज्ञहरु र विभिन्न उपचार केन्द्रहरूसँग गरिएको परामर्शपछि बिरामीको सुरक्षालाई प्राथमिकतामा राख्दै भारतमा उपचार गराउनु उपयुक्त हुने सिफारिस गरेपछि भारतमा उपचार गर्न डा. कार्की गएका हुन्। नेपालकै डाक्टरहरूको सल्लाह अनुसार डा. कार्की भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा गई ट्रिपल बाइपास शल्यक्रिया गराएका हुन्।

स्वास्थ्य क्षेत्रका विज्ञहरू भन्छन्, ‘कुनै व्यक्तिले विदेशमा उपचार गराउनु भनेको देशको स्वास्थ्य प्रणालीप्रति अविश्वास हुनु अनिवार्य रूपमा होइन । बरु हाल उपलब्ध सेवा, आवश्यक बहुविशेषज्ञ संरचना र बिरामीको जोखिम मूल्यांकनका आधारमा लिइने चिकित्सकीय निर्णय हो । नेपालमा चिकित्सकहरूको क्षमता र प्रतिबद्धतामा कमी नभए पनि केही अत्यन्त जटिल उपचारका लागि आवश्यक एकीकृत प्रणाली अझै विकासकै चरणमा छ।’

डा. कार्कीले “आफ्नै अस्पताल“ वा “आफ्नै देश“ मा विश्वास नगरेको भन्ने आरोपहरू तथ्यमा आधारित नभएको देखिन्छ। बरु जीवनभर नेपालमै स्वास्थ्य सेवा निर्माणमा सक्रिय रहँदै आएका व्यक्तिको उपचार निर्णयलाई सन्दर्भविहीन रूपमा प्रस्तुत गरिएको भन्दै चिकित्सा क्षेत्रका धेरै व्यक्तिहरूले असन्तुष्ट व्यक्त गरेका छन्।

डा. कार्की नेपाली स्वास्थ्य सेवामा करिब चार दशकदेखि सक्रिय रहँदै आएका चिकित्सक हुन्। विदेशमैबसी काम गर्ने अनगिन्ती अवसर र आग्रह भईरहदा पनि उनले आफ्नो सम्पूर्ण व्यवसायीक जीवन नेपालकै स्वास्थ्य सेवाको विकास र बिस्तारमा समर्पित गरे। विशेषगरी राजधानी बाहिर गुणस्तरीय स्वास्थ्य सेवा नभएका कारण मोफसलमा सेवाको विस्तार गर्नुपर्ने मान्यताका साथ बिराटनगरलाई कर्मथलो बनाई उनले नेपालको पूर्वाञ्चल क्षेत्रमा चिकित्सा शिक्षण र उपचार सेवाको आधार निर्माणमा प्रमुख भूमिका खेलेका छन्। नेपालमा स्वास्थ्य सेवाको विकेन्द्रीकरण नीति बहसको विषय बन्नुअघि नै डा. कार्कीले व्यवहारमा यसको अभ्यास सुरु गरिसकेका थिए। आज भन्दा तीन दशक पहिले नै नेपालको दुर्गम सहरबाट गाईने ल्यापरस्कोपिक शल्यक्रिया प्रारम्भ गरेका डा. कार्की नेपालकै पहिलो गाईने ल्याप्रोस्कोपिक सर्जन हुन भने नेपालमा यस पद्धतिको प्रारम्भ गर्ने जननी समेत हुन्। उनले गाईने ल्याप्रोस्कोपिक सर्जरिमा गरेको खोज र बिकासको चर्चा र सराहना अन्तर्राष्ट्रिय स्तरमा समेत भएको छ । डा. कार्कीले कैयौं नेपाली र बिदेशी चिकित्सकहरुलाई ल्याप्रोस्कोपिक पद्धतिबाट शल्यक्रिया गर्न तालिम दिएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला