Live
| मंगलबार, भदौ २२, २०८३
EN
arya newro
BiraKhabar
अन्तरवार्ता

दुई बर्ष पछिको दिक्षान्त समारोहको अन्तिम तयारी पुरा, अब समयमा पुर्वाञ्चल बिश्वबिद्यालयको परिक्षा र रिजल्ड हुनेमा कुनै शंका छैन, – मोहनबहादुर बस्नेत (परिक्षा नियन्त्रक)

2017 Feb 19 7:02 PM 144

विज्ञापन

Birat Cancer Hospital
दुई बर्ष पछिको दिक्षान्त समारोहको अन्तिम तयारी पुरा, अब समयमा पुर्वाञ्चल बिश्वबिद्यालयको परिक्षा र रिजल्ड हुनेमा कुनै शंका छैन, – मोहनबहादुर बस्नेत (परिक्षा नियन्त्रक)

मोरङ जिल्लाको बबियाबिर्ता गाउं बिकास समितीमा जन्मनु भएका प्राध्यापक मोहन बस्नेत वुवा स्व. टेक बहादुर बस्नेत र आमा जगत कुमारी बस्नेतका माईला छोरा हुन् । बि.स. २०५६ साल देखि नै पुर्वाञ्चल बिश्वबिद्यालयको म्यानेजमेन्ट क्याम्पसमा अध्यापन गर्दै आउनु भएको छ । हाल बिराटनगर–१६ मा स्थायी बसोबास गर्दै आउनु भएका परिक्षा नियन्त्रक बस्नेतले M.Sc. In Logistic Management बिषयमा नर्बेको MOIDE बिश्वबिद्यालयबाट गर्नु भएको हो भने एम.बि.ए. त्रिभुवन बिश्वबिद्यालयबाट गर्नु भएको हो । कुनै पनि कुरामा पुरा गरेको वा नगरेको जांच गरी दिने अवार्ड नै परिक्षा हो तसर्थ हामीले समयमा नै परिक्षा लिने र रिजल्ड समेत समयमा प्रकाशन गर्ने गरेका छौ । अगामी फाल्गुन २२ गते हुने दिक्षान्त समारोहका लागि पुरै परिक्षा नियन्त्रण कार्यालय लागि परेको हुनाले यस समारोहलाई भब्य र सब्य बनाउनका लागि सबै प्रकिया पुरा तयारी भैसकेको छ। यसै सन्दर्भमा परिक्षा नियन्त्रक बस्नेत संग पत्रकार अबिजाल बिष्टले गरेको अन्र्तवार्ताको सारांश यहां प्रस्तुत गरिएको छ । १. पुर्वाञ्चल बिश्वबिद्यालयले सेमेस्टर परिक्षाको सन्चालन बिगत बर्ष र अहिले कसरी तयारी गरिरहेको छ ? ड्ड २ बर्ष अगाडि देखि परिक्षा प्रणालीमा सुधार आएको छ । त्यो भन्दा अगाडि नियमित परिक्षा नहुने र रिजल्ड पनि समयमा नआउने समस्या थियो । बिबिध कारणले त्यो समस्या सिर्जना भएको हुन सक्छ , त्यसको असर अहिले पनि परिरहेको छ । सेमेस्टर सिस्टमको कुरा गर्दा चैत देखि बैशाख महिना सम्म पहिलो, तेस्रो देखि पांचौ बिजोडी सेमेस्टर प्रणालीको परिक्षा हुने गरेको छ भने भदौ महिना देखि दशै तिहार अगाडि सम्म दोस्रो, चौथो देखि आठौ जोडी सेमेस्टरको परिक्षा लिने प्रणालीको बिकास गरेका छौ । गत बर्ष केही आन्दोलनका कारणले परिक्षाको तालिका अनुसार हुन सकेको थिएन तर अब त्यस्तो छैन् । समयमा नै हुन्छ अबिभावकहरुले आफना छोराछारीहरुको समयमा परिक्षा र रिजल्ड हुन्छ भनेर ढुक्क भए हुन्छ । २. परिक्षाको रिजल्ड कसरी प्रकासित हुदै आएको छ ? ड्ड हामीले पहिलेको भन्दा अलिक फरक तरिकाले परिक्षा तालिका बनाएका छौ । पहिलो फेजमा परिक्षा अन टाइम गर्ने तथा दोस्रो फेजमा रिजल्ड अन टाइम गर्ने सिस्टम बनाएको छौ । हामी एक दम कोषिशमा लागेका छौ । हामीले एउटा लक्ष्य के राखेका छौ भने रिजल्ड अन टाइममा निकाल्ने भनेर परिक्षा भएको मितीले ३ महिनामा रिजल्ड निकाल्ने प्रयास गरेका छौ । कुनै कुनै प्रोग्राममा ३ महिना मिट खाएको छैन यो भन्नु पर्दा मलाई दु:ख पनि लागेको छ । लगभग गरेर ३ देखि साढे ४ महिनामा हामीले रिजल्डको मिट हुने गरी परिक्षाको रिजल्ड प्रकासित गरी राखेको छौ । ३. यत्रो बिशाल बिश्वबिद्यालयमा परिक्षाको समय र रिजल्ड किन मिट हुदैन् त्यो लाजमर्दाे कुरा भएन र ? ड्ड बिश्वबिद्यालय ठुलो छ हामी सबै मिलेर नै गर्ने हो सिस्टमको बिकास तर हामी संग जनशक्तिको अभाव नै छ । त्यो अनुसारको भौतिक सामाग्री पनि छैन् यो नै मिट हुन नसक्ने कारण हो । तर पनि हाम्रा परिक्षा शाखामा काम गर्ने साथीहरुको कमिटमेन्ट नै परिक्षाको रिजल्डलाई तालिका अनुसार ल्याउन सकेको छौ । पुर्वाञ्चल बिश्वबिद्यालयमा १२ महिना कुनै न कुनै बिषयको परिक्षा भैरहन्छ । तपाईले जुन दिन छैन् भनेर सोच्नु हुन्छ त्यो दिन पनि परिक्षा कुनै न कुनै कलेजमा भैरहेको हुन्छ । ४. बिश्वबिद्यालयमा परिक्षाको समयमा र रिजल्डको समय तालिका नै भएको कारणले बिद्यार्थीहरुको संख्या घट्दै गएको भन्ने हल्ला छ नी, यो सत्य हो ? ड्ड यो सत्य होइन किन भने हिजोको छापका कारण अहिले सम्म त्यो दोष देखा परिरहेको मात्र हो । तर अब त्यस्तो छैन् ढुक्क भएर बिद्यार्थीहरुले आफनो कोर्ष अबधि भित्र परिक्षा भई रिजल्ड समेत प्रकासित भै सर्टिफिकेट बिद्यार्थीहरुको हातमा पाएको देख्न सक्नु हुन्छ । त्यही भएर हामी संग धेरै कलेजहरुले सम्बन्धन लिएका छन् । १ सय २३ वटा आंगिक तथा सम्बन्धन कलेजमा ७२ वटा बिभिन्न प्रोग्रामहरु छन् जसमा ६६ वटा त सेमेस्टर प्रणाली र अरु बार्षिक परिक्षा प्रणाली बिषयमा पढाई भैरहेको छ त्यसैको सेरोफेरोमा परिक्षा यस परिक्षा नियन्त्रण कार्यालयले सन्चालन गर्दै आएको छ । इनरोलमेन्ट र ड्र्प आउट गर्नेको सख्या समेत हामी संग रेकर्ड रहेको छ । अरु बिश्वबिद्यालय संग तुलना गर्दा हामी ठिक समयमा परिक्षा लिने गरेका छौ । इनरोलमेन्टका कुरामा निजी कलेजको भौतिक सुबिधा र पढाउने शिक्षक गुणस्तरको आधारमा पनि हुने हुदां हाम्रो बिश्वबिद्यालयमा बिद्यार्थीहरुको संख्या गत बर्ष भन्दा धेर्रै एडमिसन भएको छ । ५. निजी कलेजहरुले समयमा परिक्षा फाराम र रजिष्ट्रशन नआउने कारणले परिक्षाको तालिका बिग्रेको हो त ? ड्ड त्यो पनि एउटा कारण हुन सक्छ किन भने एउटै मात्र प्रोग्राम बिषय रहेको कलेजको परिक्षा उनीहरुले फाराम नपठाई गर्न पनि त सकिदैन नी तसर्थ केही केही कलेजका कारणले गर्दा मात्र परिक्षा ढिलो हुने गरेको छ । अनुगमन गर्ने निकायको कमी कमजोरीका कारणले पनि यस्तो हुन गएको हो । त्यस्ता कलेजमा बिद्यार्थीहरुको एडमिसनमा कमी आएको हो । समयमा नै बिद्यार्थीहरुको नाम, रजिष्ट्रेशन फाराम आदि परिक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने हो भने परिक्षा सधै नियमित नै हुने गर्दछ तर त्यस्ता एक दुई कलेजका कारण समग्र बिश्वबिद्यालयलाई दोषी देखाउन त मिल्दैन नी ? ६. पुर्वाञ्चल बिश्वबिद्यालयको परिक्षा अलिक मर्यादीत हुन नसकेको हो की भन्ने हल्ला पनि छ के यो सत्य हो ? ड्ड सेमेस्टर र बार्षिक परिक्षाको हकमा हेर्दा त्यस्तो छैन् किन भने होम सेन्टर दिने गरेका छैनौ जस्ले गर्दा परिक्षामा अमर्यादि गर्ने बिद्यार्थी र शिक्षकलाई अन द स्पोटमा कार्बाही समेत गरेका छौ । सेन्सेटिभ स्थानमा स्थानीय जिल्ला प्रशासन र प्रहरी संग सहयोग मागेका हुन्छौ । आंगिक कलेजबाट सुपरिटेन्डेन्ट र अबजर्भर समेत परिक्षा हुने कलेजमा पठाउने गरेका छौ । त्यति मात्र होइन आबश्यक परेमा परिक्षा नियन्त्रण कार्यालयबाट उच्च स्तरीय फलाईग टिम समेत जाने गरेको छ । तर जिल्ला भरि एउटै कलेज छ भने स्थानीय प्रशासन संग सहयोग लिएर परिक्षा मर्यादिन बनाउने नै गरको छ । ७. पुर्वाञ्चल बिश्वबिद्यालयको मेडिकल प्रोग्राम र इन्जिनियरीगं प्रोग्रामको प्रबेश परिक्षामा ठुलो चलखेल नै हुन्छ त्यो भएको पनि छ , के त्यस्तो चलखेल अहिले पनि निरन्तरता छ ? ड्ड एक दम ठिक राम्रो कुरो उठाउनु भएको छ । ४/५ बर्ष पहिले मेडिकल, फार्मेसी, बि.एन., एग्रिकलचर र इन्जिनियरीगं बिषयको प्रबेश परिक्षामा अनियमिता भएको थियो, त्यो जगजाहेर पनि छ । अख्तियारले समेत छानबिन गरेको थियो । त्यसबेला राजनैतिक तरलताका कारणले पनि यस्तो भयो होला तर अब त्यस्तो प्रणाली हटिसकेको छ । बार्षिक परीक्षालाई समेस्टरमा लगि सकिएको छ । मेडिकल पढ्ने बिद्यार्थीहरु आफै सचेत हुन थालिसकेका छन् उनीहरुको सोच भनेको पढिसके पछि बिदेश नै जाने सोच हुन्छ । नयां जेनेरेशनका बिद्यार्थीहरुले अनियमता गरेर ल्याएको नम्बरले बिदेशमा काम गर्दै भन्ने महसुस समेत गरेका छन् । तसर्थ बिदेशमा सर्टिफिकेट मात्र भएर हुदैन, जान्नै पर्छ टालेन्ट हुनै पर्छ भन्ने सोच बिद्यार्थीहरुमा आएको छ । फेरी प्रबेश परिक्षा परिक्षा नियन्त्रण कार्यालयले कुनै पनि बिषयको प्रबेश परिक्षा लिदैन । यो आपेक्षा परिक्षा नियन्त्रण कार्यालय नगर्दा राम्रो हुन्छ । परिक्षा नियन्त्रण कार्यालयले परिक्षा र रिजल्ड सगंसगै सर्टिफिकेट दिने र दिक्षान्त समारोहको ब्यबस्थापन गर्ने काम मात्र गर्दछ । ८. बिश्लबिद्यालयको बर्ष भरि हुने परिक्षामा कति बिद्यार्थीहरुले परिक्षा दिई रहेका हुन्छन् ? ड्ड पहिलो सेमेस्टर देखि आठौ सेमेस्टर सम्ममा एक बर्षको हाराहारीमा ३२ हजार बिद्यार्थी पढिरहेका छन् । त्यही संख्यामा परिक्षा पनि दिईरहेका हुन्द्धन् । कोही ड्रपआउट हुन्छन् भने कोही अन्यत्र पनि जान्छन् । मेडिकलमा परिक्षा दिनेको संख्या घटेको हुदैन र राम्रो छ । इन्जिनियरीगंमा चित्त बुझाउने ठाउं छैन् यसको कुनै तथ्यागं पनि बिश्वबिद्यालय संग छैन् । बिद्यार्थीहरुले परिक्षामा किन सामेल भएन् भनेर बिश्वबिद्यालयले रेकर्ड राख्नु पर्ने हो तर त्यो राखेको छैन् । परिक्षा नियन्त्रण कार्यालयमा भेरिफीकेसन गर्न मात्र आउछन् । बिदेश जानु पर्दा सर्टिफिकेट बिद्यार्थीहरुले आफनो सर्टिफिकेट यो ओरिजन हो भनेर प्रमाणित गर्न आउनु हुन्छ । धेरै बिद्यार्थीहरु बाहिर जानेको यसबाट प्रष्ट हुन्छ । बिश्वबिद्यालयबाट उत्पादित भएको प्राबिधिक बिद्यार्थीहरु धेरै बिदेश जाने गरेका छन् । ९. तीन सय ६५ दिन नै परिक्षा हुन्छ अनि सबै बिषय र सेमेस्टरमा मौका परिक्षा दिने प्रणाली छ नी, के यो राम्रो हो ? ड्ड अहिले यो सिस्टम छैन् किन भने केही बर्ष अगाडि सम्म प्रत्येक सेमेस्टरमा मौका परिक्षा दिन पाउने ब्यबस्था थियो तर अहिले प्रोग्रामको अन्तिम सेमेस्टर सकिए पछि भनौ सातौ र आठौ सेमेस्टरको मात्र मौका परिक्षा दिन पाउने ब्यबस्था गरिएको छ । सबैको मौका परिक्षा दिन पाउने ब्यबस्थाले बिश्वबिद्यालयको साख गिराएको थियो किन भने परिक्षा भै नै रहने तर रिजल्ड समयमा नआउने । यसको अर्थ नै भएन नी । १०. पूर्वाञ्चल बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह गर्ने तयारी गरिरहेको छ ? ड्ड हामी अहिले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोहको तयारीको क्रममा छौ । बिद्यार्थीहरुले ल्याउने ग्राउन र ड््रेस गत बर्षहरुमा अरु बिश्वबिद्यालयबाट ल्याएर बिद्यार्थीहरुलाई दिने गरको थियौ तर यस बर्ष देखि आफै यस बिश्वबिद्यालयबाट उत्पादन गर्ने तयारी गरेका छौ । दिक्षान्त समारोहमा आबश्यक पर्ने सबै सम्पुर्ण सामान तयारी गर्ने सोचमा रहेका छौ । बिद्यार्थीहरुको लागि ड्र्ेस लिष्ट, ग्राउन, स्र्काप, टोपी, हयाट ब्यबस्था गर्नु पर्ने भएकोले यस तर्फ परिक्षा नियन्त्रण कार्यालय लागि रहेको छ । दुई बर्ष पछि हुदै गरेको यो दिक्षान्त समारोहमा लगभग ९ हजार बिद्यार्थीहरु सामेल हुनेछन् । यही आगामी फाल्गुन २२ गते दिक्षान्त समारोहका बिभिन्न कार्यक्रम तथा ब्यबस्थापन पुरा भएको छ । ११. पूर्वाञ्चल बिश्वबिद्यालयले किन दिक्षान्त समारोह गर्दछ के यो आबश्यक हो ? ड्ड कन्भोकेशन सर्टिफिकेट भनेको ओरिजनल तर साच्चै भन्ने हो भने बिश्वबिद्यालयले बिद्यार्थीहरुलाई दिने अवार्ड हो । अब तिमी बिद्यार्थी यस बिश्वबिद्यालयबाट दिक्षित भयौ भनेर अवार्ड गरेको हो । यो संसार भरिको नियम पनि यही छ । धेरै बिश्वबिद्यालयले के खोज्दछन् भने बिश्वबिद्यालयले दिने प्रोभोजिन सर्टिफिकेट सगै दिक्षित गरेर दिएको सर्टिफिकेट नै अन्तिम ओरिजनल सर्टिफिकेट हो । यो आबश्यक पनि हो र बिश्वबिद्यालयको परिचाहन पनि हो । परिक्षा नियन्त्रण कार्यालयले यस्को सम्पुर्ण ब्यबस्थापन गरिदिन्छ भने दिक्षान्त समारोहको कार्यक्रम सन्चालन भने बिश्वबिद्यालय आफै गर्दछ । १२. अन्तमा बिद्यार्थी तथा अबिभावकहरुलाई केही भन्नु छ ? ड्ड बिश्वबिद्यालयले समयमा नै परिक्षा गर्दछ, जति बर्षको लागि एडमिसन भएको हो, जति बर्षको कोर्षको अबधि हो, त्यति बर्ष भित्र परिक्षा लिएर रिजल्ड समेत प्रकासित गरी सक्ने तालिका बनाएको छ । त्यति बर्ष भित्र सबै सकिने छ । सम्पुर्ण अबिभावकहरु, बिद्यार्थीहरु ढुक्क हुनु होस् परिक्षा र रिजल्डको हकमा हामी समयमा नै सक्ने प्रयासमा छौ राम्रो कामको थालनी शुरुआत गरेका छौ । परिक्षाको लागि सफटेवयर प्रणालीको बिकास गरेका छौ । ३ महिना भित्र रिजल्ड प्रकासित गर्ने नै छौ । निरन्तर सुधार गर्दै जादैछौ निरन्तर सुधारको पक्षमा छौ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति