फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
राष्ट्रपतिद्वारा अध्यादेश जारी, मिटरब्याज पीडितले राहत पाउलान् त ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधवार) मिटरब्याज पीडितको समस्या समाधानका लागि मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नु भएको छ । नेपालको संविधानको धारा ११५ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमा जनाउनु भएको छ । सरकारले मिटरब्याज पीडित समस्या […]

नक्कली शरणार्थी प्रकरण: उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष […]

आत्महत्या दुरुत्साहनको उजुरी परेका विराटनगरका दुईजना पक्राउ

विराटनगर । दुरुत्साहन गरेको उजुरी परेका विराटनगरका दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका-३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका-४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो […]

आज प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै

विराटनगर । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति […]

सुनको भाउ बढ्दो, आज तोलामा १८ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज (बुधबार) ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै […]

विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप(२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ । प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष बिमल पोखरेलले जानकारी दिनुभयो । राष्ट्रको […]

लुम्बिनीमा मुख्यमन्त्री चौधरीलाई विश्वासको मत प्राप्त 

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो । मंगलबार बसेको प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गर्नुभएको थियो । नेपालको […]

प्रेस चौतारी झापाको सूचनाको हकसम्बन्धी अन्तरक्रिया प्रभावकारी

दमक । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले विर्तामोडमा सूचनाको हकसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारीले विर्तामोड नगरपालिका भित्रका क्याम्पसमा अध्ययन गरीरहेका विधार्थीलाई सहभागी गराएर अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सूचनाको हक भनेको के हो, सूचनाको हकको परिचय, सूचनाको हक सम्वन्धी ऐन,२०६४को जानकारी, सूचना माग गर्ने निवेदनको ढाँचा, माग […]

अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकको अभिलेखीकरण विराटनगर महानगरको उच्च प्राथमिकतामा

विराटनगर । विराटनगर महानगरपालिकाले अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकहरूको अभिलेखीकरणलाई उच्च प्राथमिकतामा दिने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मेयर नागेश कोइरालाले अनौपचारिक क्षेत्रमा थुप्रै श्रमिक आबद्ध रहेकाले उनीहरूको अभिलेखीकरण गर्नु आवश्यक रहेको औंल्याउनु भएको छ । मेयर कोइरालाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले भोगेका समस्या समाधान गर्नसमेत महानगरका तर्फबाट सदैव पहल गर्ने […]

अभिषेक गिरी सामाजिक काममा सक्रिय, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विराटनगर । युवा व्यवसायी तथा समाजसेवी अभिषेक गिरीले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गर्नु भएको छ । गिरीले विराटनगर महानगरपालिका =१६ मा अवस्थित विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने पाथिभरा जनता अध्ययन केन्द्रका विपन्न बालबालिकालाई कपडा तथा शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । गिरीले विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई स्कुल ब्याग ,कलम, कापी, पेन्सिल, खाजाका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.