फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
बालकृष्ण खाँणलाई जोगाएर एमाले नेतालाई फसाइए चुप नलाग्ने ओलीको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मुख्य व्यक्तिहरुलाई जोगाउने र कतिपय असम्बन्धित एमाले नेताहरुलाई प्रतिशोधको शैलीमा फसाउने चलखेल प्रष्ट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेका छन्् । प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले अहिले भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर भएको भरपर्दो ‘सूचना शेयर’ […]

संखुवासभा हेलिकोप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु 

खाँदबारी । संखुवासभाको भोटखोला -४ मा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । आज दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र […]

संखुवासभामा हेलिकप्टर दुर्घटना, क्याप्टेनसहित तीनजना घाइते

काठमाडौं। संखुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट टिम मेम्बर छिरिङ भोटे र स्थानीय भविन गुरुङ घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ । बाँकी दुईजनाले फाल हानेर ज्यान जोगाएको वडाध्यक्ष विकास तामाङले जनाउनु भयो । माथिल्लो अरुण हाइड्रो पावरका […]

आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमको पूजाआराधना, प्रवचन गरी मनाइँदै छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले […]

सर्वोच्चको परमादेश: विदेशी तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू

काठमाडौं । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ । ‘नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका […]

दोषी उम्काउने हाम्रो प्रयास होइन, तर निर्दोष फसाउन खोजियो भने सहन्नौँ :ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रमममा उमाले अध्यक्ष ओलीले पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको सम्बन्धमा प्रधानमन्त्री दाहालसँग कुराकानी गर्नु भएको बुझिएको छ । सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमाले अध्यक्ष ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ […]

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ( दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय […]

नवनियुक्त तीन मन्त्रीले शपथ लिए

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन्। बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्। धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए। नेपाली कांग्रेसबाट मन्त्री भएका उनीहरूलाई आज शपथ […]

वार्ता समिति गठन भएपछि निजामती कर्मचारीहरुको आन्दोलन स्थगित

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । संघीय निजामती सेवा ऐनमा सरकारले आफ्ना सुझाव नसमेटेको भन्दै विभिन्न माग राखेर कर्मचारी सङ्गठनहरुले आन्दोलनको सुरु गरेका थिए । नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ९निजामती०, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल […]

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच समसामयिक राजनीति सन्दर्भमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहीवार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.