अभिषेक गिरी सामाजिक काममा सक्रिय, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विराटनगर । युवा व्यवसायी तथा समाजसेवी अभिषेक गिरीले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गर्नु भएको छ । गिरीले विराटनगर महानगरपालिका =१६ मा अवस्थित विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने पाथिभरा जनता अध्ययन केन्द्रका विपन्न बालबालिकालाई कपडा तथा शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।
गिरीले विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई स्कुल ब्याग ,कलम, कापी, पेन्सिल, खाजाका लागि चाउचाउ, बिष्कुट लगायतका सामाग्री भर्खरै वितरण गर्नुभयो । विपन्न समुदायका सबै बालबालिकाहरु शिक्षाको पहुँच सम्म पुगेका छैनन् । उनीहरुलाई शैक्षिक क्षेत्रमा सहजता प्रदान गर्नका लागि कपडा र शैक्षिक सामग्री प्रदान गरिएको गिरीले बताउनु भयो । गिरी पछिल्लो समय समाजसेवा र राजनितिमा सक्रिय हुनुहुन्छ ।
Leave a Reply