प्रेस चौतारी झापाको सूचनाको हकसम्बन्धी अन्तरक्रिया प्रभावकारी

प्रेस चौतारी झापाको सूचनाको हकसम्बन्धी अन्तरक्रिया प्रभावकारी

दमक । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले विर्तामोडमा सूचनाको हकसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारीले विर्तामोड नगरपालिका भित्रका क्याम्पसमा अध्ययन गरीरहेका विधार्थीलाई सहभागी गराएर अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सूचनाको हक भनेको के हो, सूचनाको हकको परिचय, सूचनाको हक सम्वन्धी ऐन,२०६४को जानकारी, सूचना माग गर्ने निवेदनको ढाँचा, माग गर्न नमिल्ने सूचनाहरु, सूचनाको हक र पारदर्शीता लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहजीकरण प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष,सूचना अभियन्ता प्रदिप परियारले गर्नु भएको थियो । सहभागीले राखेको जिज्ञासाको जवाफ दिदै प्रशिक्षक,अभियान्ता परियारले आम सरोकारको सूचना माग गर्दा सम्वन्धित कार्यालयले नदिएमा नेपालको संविधानको धारा २७ र सूचनाको हक सम्वन्धी ऐन,२०६४को दफा ३ अनुसार मौखिक नभएर लिखित निवेदन दिएर सूचना माग गर्न आग्रह गर्नु भयो ।

संगठनका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले अहिलेको प्रविधिको युगमा जोसँग धेरै सूचना छ त्यो नै विश्वको धनी मानिने हुदा सार्वजानिक सरोकारको सूचनाको जानकारी राख्नु पर्ने बताउनु भयो ।

आफनो गाउँ ठाउँको सरोकारको विषय आफैले उठाउँ पर्ने भएकाले अध्ययन गरेर जनता सामु ल्याउन पनि सहभागीलाई सदस्य पोखरेलले आग्रह गर्नु भयो । समापन कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष गदालले सहभागीहरुलाई माछा मार्ने जाल नदिएर माछा मार्ने सीप अर्थात सूचना माग्ने सानै भए पनि सीप सिकाएको बताउनु भयो । सूचनाको हकलाई ब्यवहारमा उतार्ने काममा प्रेस चौतारी सबैसँग हातेमालो गर्न तयार रहेको अध्यक्ष गदालले प्रतिवद्धता ब्यक्त गर्नु भयोा

One response to “प्रेस चौतारी झापाको सूचनाको हकसम्बन्धी अन्तरक्रिया प्रभावकारी”

  1. Florrie.Z says:

    Very excellent information can be found on site.Money from blog

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.